झगनखबर
जेठ ३ । गैडाको खागसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको
छ । ललितपुर महानगरपालिका वडा नं ४ स्टिलटावर चोक नजिकबाट २ सय ९७ मिलिग्राम तौल
भएको गैंडाको खाग (ओखेटोपहार) सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
चितवन राप्ती नगरपालिका वडा नं ५ भवानीपुर घर भई
ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङ
बेनिघाट रोराङ गाउँपालिका वडा नं २ घर भई काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय
वीरेन्द्र तामाङ पक्राउ गरिएको प्रहरीले जनाएको छ
।
स्टिलटावर
चोक नजिक गैंडाको खाग खरिद बिक्री गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा
प्रहरीले खोजी गरेको थियो । सुचनाको आधारमा खोजी गर्न खटिएको प्रहरीले उनीहरूलाई खागसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि
डिभिजन वन कार्यालय गोदावरी ललिपुरमा पठाइएको प्रहरी प्रधान कार्यालय काठमाण्डौले
जनाएको छ ।