साप्ताहिक राशिफल
यो साता
टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ । आफ्नो आफ्नो अधिकार प्राप्तिका लागि
संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । साताको अन्त्यमा छोटो र
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिने समय
छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ
रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व कालभैरवको दर्शन गरि कार्य आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
वृष M इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो साता
घर परिवारमा शुभ र मङ्गल कार्यको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना समेत बन्ला । शेयर
बजारबाट पनि फाइदा नै होला । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ
रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता
गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
यो साता
मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कहीँकतैबाट कुनै
उपहार प्राप्त होला । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । साताको अन्त्यमा ताके
अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । स्वास्थ्य पति सजग रहनु पनि पर्छ । यो साताका
लागि शुभ अङ्क १,९ र शुभ रङ्ग वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व
श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता
कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन
सकिनेछ । प्रविधि मार्फत दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । शेयरबजारमा
लगानीको अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ । यो साताका लागि
शुभ अङ्क ४,८ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व
विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
यो साता
विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।
स्फूर्ति र उमङ्गको कमी हुनेछ । विहिवारबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको
कार्यहरू सम्पादन हुन सक्छ । सामाजिक र सेवा मूलक कामबाट सफलता पाइनेछ । यो साताका
लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको
ध्यान गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
यो साता
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । पारिवारिक
प्रेम सम्बन्ध कसिलो हुनेछ । सट्टेबजार र शेयरमा गरेको लगानीले राम्रो प्रतिफल
दिलाउनेछ । नयाँ र शुभ कार्यमा सरिक भइनेछ । मध्य सातामा नजिकका व्यक्तिबाट
कार्यमा बाधा आउनेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ
रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले सफलता हात
पर्नेछ ।
यो साता
प्रेम सम्बन्ध कसिलो होला । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने
समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । कुनै कुराले मनमा हर्ष,
उमङ्ग र उत्साह व्याप्त हुनेछ । लामो समयदेखि रोकिएका कामहरू पुरा
हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ
रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु भैरवजीको भगवानको ध्यान गरि आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता
धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । मित्र जनको साथ र
सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । दानपुण्यका कार्यमा सहभागी भइनेछ,
तर स्वास्थ्य प्रतिकूल रहन सक्छ अत: स्वास्थ्य प्रति अतिनै सजग
रहनु पर्नेछ । यो साताका लागि शुभ अङ्क २,४ र शुभ
रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व गौ माताको दर्शन गरि कार्य
आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता
आफ्नो काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । झन्झटिलो कार्यमा समय
खेरा जानसक्छ । साताको अन्त्यमा शुभ कार्यको चर्चा चल्नेछ । राजनैतिक क्षेत्रमा
सफलता मिल्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ
रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण
गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता
। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा सफलता र नोकरीबाट
मानसम्मान मिल्नेछ । मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ मध्य
सातामा स्वास्थ्यमा समस्या आउनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो
साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको स्मरण गरि
कार्य गर्नाले सफलता मिल्नेछ ।
यो साता
स्वास्थ्य, सामाजिक र शुभ कार्यमा सरिक हुने सम्भावना छ । सुन्दर पहिरनले
व्यक्तित्वमा निखारता ल्याउनेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ ।
स्वादिष्ट भोजन पनि पाइनेछ । मध्य सातामा एक किसिमको निरासता पनि आउन सक्छ । यो
साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको
स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता भाग्यले विभिन्न अवसर
जुराउनेछ । प्रेमीको सहयोग पाइनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ ।
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कृषि क्षेत्रमा
पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ
रङ्ग रातो वा निलो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता
बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
ज्यो.प. नारायणप्रसाद दुलाल