पुष २१ देखि २७ गतेसम्मको साप्ताहिक राशिफल

झगनखबर

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो,

यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । धनसञ्चय र भौतिक सुखको अवसर प्राप्त हुनेछ । हराएको आत्मविश्वास पनि जाग्नेछ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

वृष  : , , , , वा, वि, वु, वे, वो

यो साता टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । विशेष समारोहबीच प्रतिष्ठा, मानसम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सेयर कारोबारमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सुन्तला रङ्ग हो । शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

 मिथुन : का, कि, कु, , , , के, को हा

यो साता शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । सजिलै अरूको मन जित्न सकिनेछ । कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । मध्य सातामा महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो सातामा भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । डुबेको धन उकास्न निकै दौडधुप गर्नुपर्छ । कामको सिलसिलामा व्यस्त हुने समय रहेको छ । बुधवारबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो हप्तामा रमणीय र सुखद् यात्राको योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि कार्य गर्नाले सफलता मिल्नेछ ।

 कन्या : टो, पा, पि, पु, , , , पे, पो

यो हप्ता बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शेयर बजारको लगानी पनि राम्रै रहला । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनु होला । यो साताका लागि शुभ अङ्क २,४ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा कार्य प्रारम्भ गर्नु अघि लक्ष्मीजीको दर्शनपछि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

 तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते

यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । भाग्यले साथ दिनेछ भने गरेको कामबाट राम्रै सफलता हात पर्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लामो दुरीको लाभदायक यात्रा हुनेछ । बुधवारबाट कामहरू अधुरै रहनसक्छ । शेयर बजारको लगानी डुब्ने भय पनि छ सचेत रहनु होला । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग हरियो वा रातो हो । शुभकर्म गर्नु पूर्व महादेवको दर्शन वा पूजा गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल प्राप्त हुनेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो साता कसैले झुटो आश्वासन दिन सक्छन् । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ । साताको मध्यबाट नयाँ कार्यको योजना बन्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । कृषि कार्यमा पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।

 धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ । शेयर बजारबाट राम्रो सफलता मिल्ला । मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । साताको अन्त्यमा विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आफ्नो अधिकार प्राप्ति लागि संघर्ष गर्नु पर्ला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।

 मकर : भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो

यो साता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । वैदेशिक काममा सफलता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । साताको अन्त्यमा नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

 कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा

कुम्भ राशिको लागि यो साता परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । प्राविधिक कामबाट राम्रो फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा काम गर्नु अघि महामृत्युञ्जय भगवानको स्मरण गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

 मीन : दि, दु, , , , दे, दो, चा, चि

यो साता गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । आफन्त बीचमा खटपट, चिन्ता र शङ्का उब्जनसक्छ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मध्य साताबाट शुभ कार्यको चर्चा चल्नेछ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।


- ज्यो.प. नारायणप्रसाद दुलाल





प्रतिक्रिया