जुनेली नेपालद्वारा निशुल्क कम्प्युटर तालिम


झगनखबर

पुस १३ । जुनेली नेपालद्वारा सिद्धिचरण नगरपालिका भित्रका विपन्न नागरिकलाई निशुल्क कम्प्युटर तालिम दिन शुरु गरेको छ । नगरपालिकाको वडा नं ८,९ र १० का १० जना विपन्न तथा दलित छात्राछात्राहरुलाई निशुल्क तालीम दिन शुरु गरिएको हो । एसईई दिएर बसेका र +२ पढ्दै गरेका विद्यार्थीहरुलाइ तालिम दिन शुरु गरिएको सहजकर्ता तेजकुमार श्रेष्ठले जानकारी दिनुभयो । ८ जना छात्रा र २ जना छात्रले तालीम लिईरहेको बताएका छन् । कम्प्युटर ज्ञान सिकेर स्वरोजगार बनाउने उदेश्यले निशुल्क तालिमको ब्यवस्था गरेको कार्यालयले जनाएको छ । तिन महिने बेसिक कोर्समा दिइएको तालीमको सहजीकरण शिव कुमार श्रैष्ठले गरिरहनु भएको छ ।

प्रतिक्रिया