झगनखबर
मंसिर महिनामा
मेष राशिको लागि सकारात्मक महिना रहेको छ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात
पर्नेछ । शुभकार्यको चर्चा चल्ने छ र शुभकार्यको योग पनि छ । ठूला व्यक्तिले
तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला, गला र
सांस्कृतिक क्षेत्रको समेत प्रभाव बढ्दै जानेछ, तर स्वास्थ्य
प्रति सजग रहनु पर्छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग
सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ
गर्नाले अधिक सफलता मिल्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो महिनामा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन
सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन्छ । आँटेको र ताकेको कार्य विस्तारै अघि
बढ्ने र पुरा हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति योग छ । नजिकको
व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै
आर्थिक वृद्धि हुने देखिन्छ, तर स्वास्थ्यमा धन खर्च बढ्न सक्छ । यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग हरियो
वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण
गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मंसिर महिनामा धर्मकर्म तथा समाजसेवामा मन
लाग्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै
राजनीतिक क्षेत्रबाट पनि राम्रो सफलता हात पर्ने देखिन्छ । प्रेमसम्बन्ध र
प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्
। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।
यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व
विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
यो महिनामा सामाजिक क्षेत्रबाट
मान सम्मान मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मित्र
जनको साथ सहयोग मिल्नुका साथै आम्दानीका स्रोत बढ्ने छन् । आफ्नै दक्षतामा विभिन्न
कार्यहरू सम्पन्न हुनेछन् । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । मध्य महिनामा
कार्य सम्पादनमा केही समस्या आउनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । यो
महिनाको लागि शुभ अङ्क ५,८ र शुभ
रङ्ग रातो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरि आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
मंसिर महिनामा जिद्दीपनाले गर्दा काम
बिग्रने डर छ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्छ । बोलीको विपरीत
अर्थ लाग्न पनि सक्छ । १८ गतेबाट अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ । सफल
यात्राको योग रहनेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ ।
राज्यका ठूला व्यक्तिले तपाइको मेहनतको कदर गर्नेछन् । यो महिनाको लागि शुभ अङ्क १,५ र शुभ रङ्ग खैरो
वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीकृष्णको दर्शन
गरि गरेको कार्यबाट अधिक लाभ र सफलता मिल्नेछ ।
यो महिनामा लगनशीलताले कामहरू अगाडि
बढ्नेछन् । आकस्मिक धनसमेत हात पर्न सक्छ । सामाजिक कार्यक्रममा विशेष रुचि रहनेछ
। शेयर बजारको कारोबार पनि राम्रै रहने देखिन्छ । महिनाको उत्तरार्धमा स्वास्थ्य र
कार्य क्षेत्रमा सजग रहनु उचित हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । बाटो
काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग खैरो
वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शन
गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला राशिको लागि मंसिर महिनामा धार्मिक, सांस्कृतिक, दान पुण्य जस्ता
कार्यमा सहभागी भइनेछ । प्राविधिक तथा टेक्निकलका क्षेत्रबाट बढी सफलता मिल्नेछ ।
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । अध्ययनमा
रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ
घर ,जग्गा खरिद तथा
बिक्रीको योग छ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग खैरो वा हरियो हो । कुनै
शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो महिनामा लामो समयदेखि रोकिएको कामको
गाँठो फुक्नेछ । राजनैतिक र समाजसेवातर्फ आकर्षित भइनेछ । कुनै कुराले मन प्रसन्न
र मनमा शान्ति छाउला । बुद्धिको प्रयोग गरेर मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन
सक्छ । वाहन लाभ हुने समय पनि आएको छ । २१ गतेबाट स्वास्थ्यमा समस्या आउन सक्छ ।
प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क २,३ र शुभ रङ्ग हरियो
वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरि
कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो मंसिर महिनामा नगरेको कामको
आरोप खेप्नुपर्ने सम्भावना छ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ ।
कामको हेलचेक्र्याइँको कारणले उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । यात्रामा
सावधानी अपनाउनु पर्नेछ । आधा महिना पछि स्थानान्तरण र सपफल यात्राको सम्भावना छ ।
यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग घ्यू रङ्ग वा निलो हो । कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।
मंसिर महिनामा विद्या र बुद्धिको विकास
हुनेछ । शेयर बजार र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शुभकार्यको योग
पनि छ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ । कामका विभिन्न अवसर फेला
पर्ने छन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । रोकिएका अधुरा कामहरू
पुन: प्रारम्भ हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो ।
कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट अधिक
सफलता मिल्नेछ ।
मंसिर महिनामा नयाँ र
शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । काम
देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका र चिताएको कामले तीव्रता लिने र
रोकिएका अधुरा कामहरू पुन: प्रारम्भ हुने छ । महिनाको अन्त्यमा भने त्यति राम्रो
देखिँदैन, अध्ययनमा
त्यति ध्यान दिन नसकिएला । यात्रामा मालसामान हराउन पनि सक्छ । यो महिनाको लागि
शुभ अङ्क १,९ र शुभ
रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि कार्य
गर्नाले अधिक सफलता मिल्नेछ ।
यो महिनामा आफूले गरेका कार्यमा ढिलासुस्ती
हुनेछ । शेयर बजारमा नोक्सानी र अनावश्यक ठाउँमा धन खर्च होला । स्वास्थ्यमा केही
बाधा व्यवधान रहन सक्नेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । १५ गतेबाट
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ र शुभ कार्यको चर्चा पनि
चल्नेछ, तर स्वास्थ्य
मापदण्ड अपनाउनु पर्नेछ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग आकाशे
नीलो हो । शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि आरम्भ गर्दा अधिक सफलता मिल्नेछ
।
- ज्यो.प.
नारायणप्रसाद दुलाल