झगनखबर
भदौ ७ । कोशी प्रदेश सरकारले संसदमा
प्रस्तुत गरेको आम सन्चार बिधेयकको नेपाल प्रेस युनियन जिल्ला शाखा ओखलढुंगाले
बिरोध गरेको छ । संसदमा पेस गरेको आमसञ्चार बिधेयक आम नागरिक र पत्रकारको खिलापमा
रहेको भन्दै तत्काल सच्याउन विज्ञप्ति मार्फत माग गरिएको हो ।
प्रदेश सरकारले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको अधिकारलाई समेत भुलेर लोकतन्त्र बिरोधी बिधेयक ल्याएको भन्दै विज्ञप्ति मार्फत बिरोध गरिएको छ । सञ्चारमाध्याम वा पत्रकारलाइ एकलाख सम्म जरिवाना, आचार संहिता उल्लंघन गरेमा फौजदारी अभियोग अन्तरगत कारबाही गर्ने, सञ्चार माध्यामको इजाजत खारेजी गर्ने लगायतका अंकुश लगाई विधेयक संसदमा पेश गरिएको छ ।
७ भदौ २०८२, शनिवार ०१:३४ मा प्रकाशित
620