झगनखबर
असोज ६ । राहत, पेन्सन पिडित शिक्षकहरुले निरन्तर
आुन्दोलन गर्ने भएका छन् । शिक्षक महासंघ र नेपाल सरकारविच भएको सहमतिमा राहत
शिक्षकहरुको माग सम्बोधन नभएको भन्दै आन्दोलन जारी राख्ने भएका हुन् । शिक्षक
महासंघको आयोजनामा असोज ३ गते देखि देशैभरीका विद्यालय बन्द गरी काठमाण्डौ
केन्द्रित सडक आन्दोलनमा उत्रिएका थिए । शिक्षक महासंघ र नेपाल सरकार विच असोज ५
गते भएको सहमतिमा राहत, पेन्सन पिडीत शिक्षकलाई बेवास्ता गरेको
भन्दै आन्दोलन जारी राख्ने बताएका हुन् । २०७६ साल साउन १ पछी स्थाई नियुक्ती भएका
शिक्षकहरुलाई निवृतिभरण (पेन्सन) नदिने भन्ने निर्णयमा नेपाल सरकार र शिक्षक
महासंघ बिच भएको विभेदकारी सम्झौता प्रति घोर भत्र्सना भएको विज्ञप्ती मार्फत
जनाएका छन् । असोज ५ गतेको मितिमा प्रकाशन गरिएको विज्ञप्तीमा भनिएको छ, 'एउटै शिक्षा ऐन २०८० अनुसार नियुक्त
शिक्षकलाई विभेद गरेको र सम्झौता गर्दा पेन्सन बन्चित शिक्षक समुह केन्द्रिय
संघर्ष समितिलाई सहभागी नगराई २०७६ साल पछी नियुक्त हामी शिक्षकहरुलाई राज्यले
विभेद र घोर अन्याय गरेको ठहर गरेका छौँ ।'
तसर्थ नेपाल सरकार शिक्षक महासंघ विच
भएको सम्झौता नमान्ने र उक्त सम्झौता खारेजीका लागी निरन्तर सडक आन्दोलन गर्ने
बताएका छन् । असन्तुष्ट शिक्षकहरु आज शनिबार दिनभर बानेश्वरमा प्रदर्शन गरेका थिए
। विभेकारी सम्झौता खारेज नगरेसम्म सडक आन्दोलन जारी राख्ने शिक्षकहरुले बताएका
छन् ।
