भदौ १८ । दिनभरी कार्यालयको काम विहान वेलुका निकालेको फुर्सदको समयको सदुपयोगले खुशी दिलाएको छ । गरे के हुदैन ! भन्ने नेपाली उखानलाई बालकुमार खनालले आफ्नो व्यवहारमा उतार्नु भएको छ । सरकारी पोषाक लगाएर दिनभरी कार्यालयमा काम गर्ने खनाल अरु भन्दा फरक हुनुहुन्छ । विहान वेलुकाको समय कट्टु र भेष्ट लगाएर खेत बारीमै ब्यस्त हुनुहुन्छ । विरुवा हुर्कीसकेर लटरम्म फलेका किवी, ड्रागनफुड हुर्किदै गरेका कागती, सुन्तला, एबोकार्ड, बुद्धचित्त लगायतका बिरुवाको हेरचाहमै समय बितेको छ ।
साबिक नारायणस्थान
गाउँविकास समिति वडा नं ४, हाल सिद्धिचरण नगरपालिका वडा नं ३ स्थित आफ्नै जग्गामा फलफुल खेती गर्नु
भएको छ । ७ वर्षदेखि शुरु भर्नुभएको फलफुल खेतिले अहिले भने मनग्य आम्दानी दिन
थालेको छ । विहान वेलुका खटेर गरिएको फलफुल खेतिले मनग्य आम्दानी दिन थालेपछि
बालकुमार खनाल निक्कै खुशी हुनुहुन्छ । सिजनअनुसार अहिले ड्रागनफुड र किवीमा
राम्रो फल लागेको छ । करिब १२ रोपनी भन्दा बढी जग्गामा फलफुल लगाउनु भएको छ । यो
भन्दा अगाडी व्यावसायिक रुपमा पशुपालन पनि गर्नु भएको थियो । अहिले भने बाख्रापालन
र फलफुल खेतिमात्र गर्नु भएको छ । उहाँलाई उहाँको म्याडमले सहयोग गरिरहनु भएको छ ।
उहाँ नेपाल सरकारको कर्मचारी हुनुहुन्छ । जिल्ला खेलकुद विकास समिति ओखलढुंगाको कार्यालय प्रमुख भएर काम गरिरहनु भएको छ । घरबाट करिब आधा घण्टा मोटरसाइकल यात्रामा कार्यालय पुग्न सकिन्छ । कार्यालयको समय सकिएपछि कतै नअलमलिई घरमा पुग्नुहुन्छ र खेतबारीमै आफ्नो समय खर्च गर्नुहुन्छ । हेर्दा पनि गरेजस्तै भएको छ, यतिखेर लटरम्म फलेको किवी र ड्रागनफुडले जो कोहिको पनि मन लोभ्याउने गरेको छ । किवीको छहारी (माच) मुनी बसेर हेर्ने हो भने रहरलाग्दो गरी किवी फलमात्र देखिन्छन् ।
‘कोदो मकैको खेति गर्न
नसकेर र आफुलाई फलफुल खेति पहिला देखि नै मन पर्ने भएकाले फलफुल खेती शुरु गरेको
हुँ ।’ कोदो मकैको खेती गर्न समयमा मान्छे नपाउने समस्या उहाँलाई मात्रै होइन
पहाडी जिल्लाका सबै किसानको समस्या भएको छ । युवाजति सबै रोजगारीका लागि विदेशतिर, गाउँमा भएका थोरै
मानिसले आफ्नो घरायसी काम गर्न नै भ्याउदैनन् । कोदो मकैको खेती गर्न धेरै समय र
बल खर्च गर्नुपर्ने हुन्छ । तर गाउँमा काम गर्ने मान्छेको अभावमा धेरैको जग्गा
बाँजो रहेको छ । कोदो मकैको खेती गर्न काम
गर्ने मान्छे नपाउने र आफुले मात्रै गर्न
नभ्याउने भएकाले फलफुल खेती शुरु गरिएको खनालले बताउनु भयो ।
रेडकिवी, हेवार्ड, एलीशन, ब्रुनो जातका किवी
लगाउनु भएको छ । रेडकिवी अली छिटो पाक्छ भने अरु जातका किवी अलि ढिलो पाक्ने गरेको
छ । रेडकिवीमा बाहिरी झुस हुदैन भने अन्य जातको किवी फलमा बाहिर झुस हुने र भित्री
भागमा हरियो हुनेहुन्छ । किवी फल वर्षमा एकपटक मात्र फल दिने गर्छ भने ड्रागनफुडले
वर्षमा ६ लडसम्म फल दिने गरेको छ । ‘सुरुसुरुमा उत्पादन भएको फल बिक्री नहुँदा
दिक्क लागेको थियो तर अहिले भने बिक्रीमा समस्या छैन ।’ स्थानिय बजार, विराटनगर, काठमाण्डौ लगायतका बजारहरुमा बिक्री भईरहेको छ । फल दिन थालेको शुरु शुरु
वर्षमा चाहिँ विक्री नभएर रक्सी बनाउनेलाई पनि दिन परेको थियो । तर अहिले भने
नबिक्ला की भनेर चिन्ता लिनु पर्ने छैन । सबै ठाउँमा किवी लगायतका फलफुल खेती
गर्ने भएकोले उचित मुल्य पाउन मुस्किल छ । तर पनि कम मुल्यमै भएपनि खेर फाल्नु नपरेको
बताउनु भयो ।
१८ लाख भन्दा बढी
लगानी फसाई सक्नु भएका खनालले गुनासो गर्नुभयो, ‘नजानेर बढी खर्च गरेको रहेछु पछिमात्र थाहा
भयो आवश्यक्ता भन्दा बढी चिजमा खर्च भएछ । अहिले फ्रुटफ्लाईले धेरै दुख दिएको छ, रेडकिबीमा
फ्रुटफ्लाईले बढी दुख दिदो रहेछ । जति औषधी प्रयोग गरेपनि यसलाई नियन्त्रण गर्न
सकिएन । अरु फलफुलमा नियन्त्रण भयो तर किवीमा भने नियन्त्रण हुन सकेन ।’ ‘उत्पादन गर्नुअगाडी बजारको अध्ययन गरेर मात्रै उत्पादन शुरु गर्न उहाँको
सुझाव छ । शुरुका दिनमा उत्पादनले बजार पाउन निकै कठिन भयो । बजार खोज्नलाई मलाई
निकै समस्या भएको थियो । व्यवासायिक खेती गर्नको लागि पहिले बजारको सुनिश्चित्ता
गरेर मात्रै उत्पादन शुरु गर्न अन्य कृषकलाई सुझाव छ ।’
किसानले उत्पादन
गरेका वस्तुलाई बजारसम्म पु¥याई विक्रीवितरण गर्न राज्यले सहयोग गर्नुपर्ने
उहाँको धारणा छ । किसानले उत्पादन गरेर हचुवाको भरमा बेच्नु पर्दा मुल्य नपाउने, फाइदा लिनुपर्ने
ठाउँमा घाटा खाएर बेच्नु पर्ने बाध्यता छ । उत्पादन गरेका वस्तु उचित मुल्यमा
बिक्री गर्नका लागि राज्यले चिस्यानकेन्द्रको व्यस्था गर्नुपर्दछ ।
चिस्यानकेन्द्रमा राख्न सक्ने व्यवस्था हुने हो भने विक्री नभएका बेला
चिस्यानकेन्द्रमा राखेर खटाई खटाई बेच्न सकिन्थ्यो । तर अहिले अरुकै मुल्यमा
बिक्री गर्न बाध्य छौँ । त्यसै कुह्वाएर फाल्नु भन्दा थोरै भए पनि हुन्छ भन्ने
आशाले सामान्य मुल्यमा पनि बिक्री गर्न बाध्य भएको गुनासो छ ।