दैनिक राशिफल
धनार्जनका नयाँ स्रोतहरू पत्ता
लाग्नेछन् । मित्रबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । राजनैतिक
कार्यमा सफलता मिल्नेछ ।
वृष M इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज सहकर्मीबाट विरोध आउला ।
यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय पनि छ, अत:
सावधानी अपनाउनु नै उपयुक्त होला ।
एकपछि अर्को अवसर आउनाले मन
प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दुरीको
लाभदायक यात्रा रहला ।
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ
। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
शुभकार्यमा सरिक भइनेछ ।
आज रमणीय र सुखद् यात्राको योग
छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । रोकिएको
धन पनि हात पर्ला ।
आज मनमा दुविधाहरू उत्पन्न
हुनेछ । स्वास्थ्यमा समस्या आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला
। सरकारी निकायको भय रहनेछ ।
कला, साहित्यमा
रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।
आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय पनि बित्नेछ ।
आज यात्राको सम्भावना छ ।
सामाजिक कामको दायित्त्व बढ्नेछ । भूमि र वाहनबाट लाभ मिल्ने योग छ । प्रेम र
मित्रताको बन्धन पनि कसिन सक्छ ।
पुराना मित्रले व्यर्थको विवाद र कुरा काट्नेछन् । टाढाको यात्रा
गर्नु पनि ठीक छैन, तर साँझमा कुनै समाचारले मनमा प्रसन्नता मिल्नेछ ।
बिनाप्रतिस्पर्धा फाइदा हुने
योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक
कारोबारमा सफलता पाइएला ।
आज कुनै समाचारले मनमा प्रसन्नता मिल्नेछ ।
समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ कार्य पनि हुनेछन् ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
ज्यो.प. नारायणप्रसाद दुलाल