राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन सरकारसँग माग


२१ पुस, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी ले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेलगायत सर्त राखेको छ। सरकारमा सहभागीता हुनको लागि  आफ्ना  एजेन्डा न्यूनतम साझा कार्यक्रममा समावेश गर्नुपर्ने अडान लिईरहेको  छ। पुस २७ मा बिदा दिनुपर्ने माग सरकारले न्यूनतम साझा कार्यक्रममै समावेश गर्नुपर्ने माग राप्रपाको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गर्ने बताइरहेका छन्।  लिङ्देन सत्ता साझेदार दलका शीर्ष नेताका बैठकमा सहभागी हुने गरेका छन्। सत्ता साझेदार दलहरूले गत पुस १४ मा एक समिति गठन गर्दै ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका थिए। तर उक्त कार्यक्रम ल्याउन ढिलाइ भइरहेको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। गत पुस १० मा ७ दल र केही स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया