भौतिक पूर्वाधार सँगै सेवाग्राहीमुखी सेवा अपरिहार्य छ : प्रधान न्यायाधीस राउत


  चैत ११ । न्याय सम्पादनमा भौतिक पूर्वाधार सँगै न्यायिक जनशक्तिको सेवाग्राहीमुखी कार्यशैली अपरिहार्य रहेको प्रधान न्यायधिस प्रकाशमान सिँह राउतले बताउनु भएको छ । जिल्ला अदालत ओखलढुंगाको सुविधा सम्पन्न भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधान न्यायाधीस राउतले यस्तो बताउनु भएको हो । प्रधान न्यायाधीस राउतको प्रमुख आतिथ्यमा सोमबार जिल्ला अदालत ओखलढुंगाको नवनिर्मित भवनको समुद्घाटन गरिएको छ । समुद्घाटन कार्यक्रममा बोल्दै प्रधान न्यायाधीस राउतले भन्नुभयो; ‘न्याय सम्पादनमा भौतिक पूर्वाधार जति महत्वपूर्ण छ, त्यस सँगै न्यायिक जनशक्तिको सेवाग्राहीमुखी सेवा, कार्यशैली र छिटोछरितो सेवा प्रवाहको अभ्यास त्यो भन्दा बढी अपेक्षीत हुन्छ ।

उपयुक्त कार्यवतावरणका लागि भौतिक संरचनाको परिकल्पना गरिएको हुन्छ, त्यसरी नै न्यायिक जनशक्तिको सिप, नविनतम विषयवस्तुको जानकारी अपरिहार्य मानिने भएकाले वर्तमान युगमा कानून र न्यायको ज्ञान तथा अनुभवको साथै न्याय सम्पादनको लागि अन्य समसामयिक विषय वस्तुको प्रयोग आतिआवश्यक हुने बताउनु भयो । भौतिक विकास केवल साधन मात्र भएकाले, न्याय सम्पादनमा ज्ञान सिपको सजिव प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । न्यायपालिका सँधै विवादहरुको चाङमा रहनुपर्ने भएपनि स्वयम आफु चाहि सधै निर्वीवाद हुनुपर्ने चुनौति सधै रहने बताउनु भयो । यस्ता खालका विवादरहित निरुपण गर्न दुई वटा महत्वपूर्ण तत्वहरुको अवलम्बन गर्नुपर्ने बताउनु भयो । पहिलो न्यायिक जनशक्तिको सक्षमता हो, जसमा योग्यता, आनुभव, व्यावसायिक कार्यदक्षता जस्ता तत्वहरु अतिआवश्यक हुन्छन् र दोश्रोमा इमान्दारीता अपेक्षीत हुन्छ, जसमा न्यायकर्ताको निष्ठा, समर्पण र निर्वीवाद अपरिहार्य हुन्छ । 

ब्यक्ति इमान्दारी छ, तर क्षमता छैन भने त्यसले अपेक्षीत परिणाम दिन सक्दैन र ब्यक्ति क्षमतावान छ, तर इमान्दारी छैन भने त्यो झन भयानक प्रतिउत्पादक हुने संभावना रहेको बताउनु भयो ।

ओखलढुंगा जिल्लामा सुविधासम्पन्न भवनको निर्माण सम्पन्न भई सेवा वितरण गर्न सुरु गरिएको छ । केहि समय अगाडी देखि नै सेवा वितरण गर्न सुरु गएिको भएपनि सोमबारबाट आधिकारीक उद्घाटन गरी सेवा सुरु गरिएको जिल्ला अदालतका न्यायाधीस गिरिराज गौतमले जानकारी दिनुभयो । २०७९ साल असार १९ गते सम्झौता भई तीस महिना अर्थात २०८१ साल पुस १८ मा सम्पन्न हुनेगरी सम्झौता भएको थियो । १९ करोड ६४ लाख १८ हजार २ सय ३८ रुपैयाँ ४० पैसा भ्याट बाहेकको रकममा स्काई÷स्टेट÷चन्द्रज्योती जेभी सँग भवन निर्माण सम्झौता भएको थियो । समय अगावै निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया