वडा अध्यक्षद्वारा विद्यार्थीलाई निःशुल्क ड्रेस वितरण


झगनखबर

पुस १८ । सिद्धिचरण नगरपालिका वडा नं ११ का वडा अध्यक्ष विनोद ताम्रकारले विद्यार्थीहरुलाई  निःशुल्क ड्रेस वितरण गर्नुभएको छ । वडा नं ११ मा सन्चालित बालमन्दिर आधारभूत विद्यालयका छात्राछात्रहरुलाई निःशुल्क ड्रेस वितरण गर्नु भएको हो । बालमन्दिरका विद्यार्थीहरुलाई बुधबार विद्यालयमै उपस्थित भई ट्रयाकसुट वितरण गर्नुभयो । वडा अध्यक्षले पाउने सेवासुविधा आफु नलिने र समाजसेवामा लगाउने गरेको वडा अध्यक्ष ताम्रकारले बताउनु भयो । अध्यक्षले पाउने सेवा सुविधा बापतको रकमले बृद्धबृद्धालाई खादन्न, लत्ताकपडा, अपाङ्गहरुलाई लत्ताकपडा, खाद्यन्न बितरण गर्दै आएको बताउनु भयो । आफु पनि बालमन्दिरकै विद्यार्थी भएको र यहाँका विद्यार्थीहरुले स्कुलड्रेस नलगाई आएको देखेर विद्यार्थीहरुलाई नियमित स्कुलड्रेसमा आउन् भन्ने उदेश्यले विद्यालयकै लोगो राखेर ट्रयाकसुट बितरण गरिएको बताउनु भयो । सरकारी विद्यालयमा प्राय स्थानियको चासो कम भईरहेको बेलामा शिक्षाको गुणस्तरमा बृद्धि गर्न शिक्षक शिक्षिकाहरुलाई सुझाव दिनु भयो । त्यसै गरी सरकारी विद्यालय हो भनेर अविभावकले पनि आफ्ना बच्चाको ख्याल नगर्ने गरेको देखेको छु ।  अबका दिनमा बच्चाहरुलाई अनिवार्य  स्कुलड्रेसमा पठाउन अविभावकलाई अनुरोध गर्नु भयो । साथै विद्यालयमा शिक्षकले पढाएको नपढाएको गुणस्तर भएको नभएको विषयमा पनि आफुलाई जानकारी गराउन अविभावकलाई अनुरोध गर्नु भयो ।

बालमन्दिरकी प्रधानाध्यापक शोभा सैँजुले  आफ्नो विद्यालयका विद्यार्थीहरुलाई स्कुलड्रेस वितरण गर्नुभएकोमा वडाअध्यक्षलाई धन्यबाद दिनुभयो । कतिपय विद्यार्थीहरुले गृहकार्य नगरी आउने गरेको गुनासो समेत गर्नुभयो । आफ्ना बालबच्चाले गृहकार्य गरेको नगरेको चेक गर्न अविभावकहरुलाई अनुरोध समेत गर्नुभयो । बोर्डिङ्ग स्कुलमा पठाउदा अविभावकले जति मिहनत गर्नुहुन्छ, त्यतिकै मिहनत सरकारी स्कुलका अविभावकले गर्ने हो भनेबोर्डिङ्ग स्कुलको भन्दा कम गुणस्तरको नभएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष एवं सिद्धिचरण नगरकार्यपालीका सदस्य अप्सरा पन्त कार्कीले बताउनु भयो । कार्यक्रममा विद्यार्थी, अविभावक र सन्चारकर्मीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया