श्रीचम्पादेवी मन्दिर ककनी एक धार्मीक गन्तब्य

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ९ अवस्थित श्रीचम्पादेवीको शिला M


जहाँ देशविदेश बाट दर्शनमा आउने गरेका छन् । यो मन्दिरमा आएर एउटा चिजमात्र माग्दा पुरा हुने जनविश्वास रहेको छ । हरेक वर्षको हरिबोधनी एकादशीको दिन ठुलो मेला लाग्ने चलन रहेको छ । विशेष गरि हरिबोधनी एकादशीको दिनलाई विशेष दिनको रुपमा लिए पनि अहिले भने जुनसुकै सयमा पनि दर्शन गर्ने चलन रहेको छ । मोटर बाटोको पहुँच भए सँगै देशका विभिन्न ठाउका भक्तजनहरु दर्शन गर्न आउने गरेको बताएका छन् । छिमेकी ेदेश भारतको सिक्किम बाट पनि वर्षेनी भक्तजनहरु दर्शको लागि आउने गरेको स्थानियहरु बताउछन् । खोटांगको हलेसी जस्तै ओखलढुंगाको श्रीचम्पादेवी एक महत्वपुर्ण धार्मिक गन्तब्यको रुपमा रहेको छ । प्रचार प्रसारको कमिले गर्दा धार्मिक पर्यटक भित्र्याउन सकिएको छैन । ब्यवस्थापन समितिका अनुसार, थप प्रचारप्रसारमा लागेको र आगामी दिनमा बाह्य तथा आन्तरिक धार्मिक पर्यटक भित्र्याउन लागी परेको बताएका छन् । सुनकोशी गाउँपालिकाको कोषभन्ज्याँग, ककनी हुदै मोटरबाटो पुगेको छ । त्यसै गरि जिल्लाको पश्चिमी भेग साँघुटार, घोराखोरी, बिलन्दु  हुदै मन्दिर सम्म मोटरबाटो जोडिएको छ । नवलपुरबाट पलापु, चम्पादेवी गाउँपालिकाको कार्यालय सुन्दरपुर हुदै फलाटेभन्ज्याँग, कोषहाट बाट मोटरबाटो जोडिएको छ । मन्दिर सम्म आवतजावत गर्नको लागि थप सहज बनाउन मोटरबाटोलाई स्तरोन्नति र आवश्यक निर्माण लगायत पुर्वाधार विकास गर्नको लागि गाउँपालिका लागीपरेको चम्पादेवी गाउँपालिका प्रमुख नवराज केसीले बताएका छन् । स्थानिय सरकार लगायत सरोकारवाला तहहरु मिलेर श्रीचम्पादेवीको मन्दिरलाई अन्तराष्टियकरण गर्नु आवश्यक छ ।

प्रतिक्रिया