कांग्रेस केन्द्रीय समितिमा पेस भएका प्रस्ताव माथी शुक्रबारबाट छलफल हुँदै


झगनखबर

फागुन ४ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा चारवटा प्रस्ताव पेस भएका छन् । महासमितिको तयारीका लागि छलफल गर्न  बिहीबार बोलाइएको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनहरूमा छलफल गरिएको हो । बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको संगठनसम्बन्धी प्रस्ताव र समग्र नीतिसम्बन्धी प्रस्ताव पेस भएको प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो । बैठकमा सरकारका तर्फबाट आफूले आर्थिक अवस्था, भावी योजनाबारे प्रस्ताव पेस गरेको र पार्टीका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक, महामन्त्री गगनकुमार थापाले संगठनिक र उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले समग्र नीतिका विषयमा प्रस्ताव पेस गरेको उहाँले बताउनुभयो ।

उहाँले बैठकमा प्रस्ताव मात्रै पेस भएको र शुक्रबारबाट प्रस्तावमाथि छलफल हुने बताउनुभयो । अर्थमन्त्री महतले छलफल सकिएपछिको निष्कर्षसहित महासमिति बैठकमा परिमार्जनसहितका प्रस्ताव लैजाने बताउनुभयो । प्रवक्ता महतले केही जिल्लामा महासमिति सदस्य निर्वाचनमा केही सीमित ठाउँमा विवाद आएकाले अहिले निर्वाचन समितिले अध्ययन गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया