बारामा यादवको अग्रता कायमै


वैशाख १२ । बारा क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार यादवले ९८७० मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६७७१ मतका साथ पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत पाएका छन् । यहाँ रास्वपा चौथो स्थानमा रहेको छ । रास्वपाका रमेशप्रसाद खरेलले ११७४ मत ल्याएका छन् भने पाँचौ स्थानमा रहेको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५८७ मत ल्याएका छन् ।

प्रतिक्रिया