आफ्ना सन्तती सामुदायिक विद्यालयमै पढाउन मोलुङ गाउँपालिकाको निर्देशन


चैत २६ । ओखलढुंगाको मोलुङ गाउँपालिकाले सरकारी कर्मचारी तथा शिक्षकहरुलाई छोराछोरी सामुदायिक विद्यालयमै पढाउन निर्देशन दिएको छ । मोलुङ गाउँपालिका भरी कार्यरत सरकारी कर्मचारी, निर्वाचित जनप्रतिनिधी र शिक्षकहरुले आफ्ना सन्तती अनिवार्य सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको हो । फागुन १२ गते बसेको कार्यपालिकाको बैठकले पालिकास्थित कर्मचारीले अनिवार्य आफ्ना सन्तती सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय कार्यान्वयन गराउन चैत २५ गते पत्रमार्फत सरोकारवाला सबैलाई जानकारी गराइएको पालिकाले जानकारी दिएको छ । पालिका क्षेत्रभित्रका सबै सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधीहरुले आफ्ना सन्तती सामुदायिक विद्यालयमै पठपाठन गराउने वार्षिक नीति तथा कार्यक्रममा समेत समाबेश गरिएको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया