राजकुमार कार्की
जेठ २७ ।
जिल्लाको खिजीदेम्बा गाउँपालिका–३ तनुवामा करेन्ट लागेर महिलाको घट्नास्थलमै मृत्यु
भएको छ । घरमा टर्चलाइट चार्ज गर्ने क्रममा मल्टीप्लकबाट करेन्ट लागेर घट्नास्थलमा
मृत्यु भएको हो । स्थानीय भविराज सुनुवारकी श्रीमति अन्दाजी वर्ष ४५÷४६ की विष्णु माया
सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सुनुवारको
मृत्यु पश्चात वडाअध्यक्षले इलाका प्रहरी कार्यालयमा खबर गर्नुभएको थियो । इलाका
प्रहरी कार्यालय खिजीफलाटेबाट प्रहरीटोली गई घट्नास्थल सुरक्षीत राखिएको छ ।
आवश्यक कानूनी प्रकृया पुरा गरी शवपरिक्षणका लागि पठाइने प्रहरीले जानकारी दिएको छ
।
२८ जेठ २०८२, मङ्गलबार ०६:२४ मा प्रकाशित
1236