बैशाख ४ । आदिवासी
जनजाति युवा महासंघ नेपालको संघिय महाधिवेशन ओखलढुंगामा हुने तयारी पूरा भएको छ ।
बैशाख ६ र ७ गते हुने संघिय महाधिवेशनको तयारी पूरा भएको आयोजकले जानकारी दिएका
हुन । देशैभरिका आदिवासी जनजाति युवाहरुको तीन सय भन्दा बढी युवाकहरुको सहभागीतामा
छैठौ संघिय महाधिवेशन सम्पन्न हुने महासंघका अध्यक्ष हेमन्त कुमार राईले जानकारी
दिनुभयो ।
‘पहिचान, अधिकार सहितको समृद्धि र रोजगारीका लागि
हाम्रो अभियान, न्याय समानता, समाबेशी, युवा नेतृत्वको लागि छैठौ संघिय महाधिवेशन’ भन्ने मूलनाराका साथ महाधिवेशन सम्पन्न हुदैछ । बैशाख ५ र ६ गते
ओखलढुंगामा हुने संघिय महाधिवेशनको सम्पुर्ण तयारी पूरा भएको बिहिबार पत्रकार
भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी दिएका हुन् ।
महाधिवेशनमा आदिवासी
पहिचान सहितको झाँकी, ¥याली भेषभूसा
सहित प्रदर्शन गरिने जानकारी दिएका छन् ।
आन्तरिक पर्यटन प्रबद्र्धन, र विभिन्न भाषीक
सन्चार प्रबद्र्धनका लागि संघिय महाधिवेशन ओखलढुंगामा आयोजना गरिएको जानकारी दिएका
छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्य र प्रदेश मन्त्री, जिल्लाका सांसद सहितको उपस्थितीमा महाधिवेशन हुने बतएका छन् । अध्यक्ष उपाध्यक्ष सहितको
आयोजक टिम ओखलढुंगामा आई महाधिवेशनको तयारीका लागि जुटिरहेका छन् । ओखलढुंगामा
सम्पन्न हुने छैठौ महाधिवेशनमा सम्पुर्ण आदिवासी जनजाति युवाहरुलाई महासंघमा
संगठित हुन अनुरोध समेत गरिएको छ ।