विमान दुर्घटनामा को–पाईलट ओखढुंगाका सुशान्त कट्वालको निधन


 साउन ९ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ओखलढुंगाका कोपाईलट सुशान्त कटवालको निधन भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धावन मार्गमा बुधबार भएको विमान दुर्घटनामा कोपाईलट ओखलढुंगा च्यानमका कटवालको निधन भएको हो ।

सुनकोशी गाउँपालिका७ थामडाँडाका कटवाल साँढे दुइवर्ष देखि सौर्य एयरलाइन्सको कोपाइलटको भूमिकामा रहनु भएको थियो । सुशान्त कटवाल; सुनकोशी गाउँपालिका७ च्यानम घर भई हाल काठमाण्डौमा बसोबास गर्दै आउनु भएका ओखलढुंगा जिल्लाका पुर्व जिल्ला शिक्षा अधिकारी ओम बहादुर कटवाल र आमा रन्जना कटवालका एक्लो छोरा हुन् । दक्षिण अफ्रिकाबाट पाइलट कोर्ष पुरा गरी नेपाल फर्केका २७ वर्षिय कटवाल विगत दुई वर्ष देखि सौर्य एयरलाइन्समा  कोपाईलटको भूमिकामा कार्यरत रहनु भएको थियो । कोपाइलट कटवालको निधनले समग्र च्यानमबासी लगायत ओखलढुंगाबासी शोकमग्न भएका छन् ।

  त्रिभुवन विमानस्थलबाट बुधबार विहान ११ बजेको समयमा पोखराका लागि उडेको ९एनएएमइ कलसाइन भएको विमान धावन मार्गमा दुर्घटना भएको थियो । विमानमा सवार १९ जना मध्ये पाइलट मनिष शाक्य घाइते अवस्थामा उद्धार गरी उपाचारर्थ हुनुहुन्छ भने १८ जनाको घट्नास्थलमै मृत्यु भएको छ । 

बुवा आमा सँग सुशान्त कटवाल 


प्रतिक्रिया