एक सिटमात्र जित्ने दल, कुन कुन ?

मंसिर,१६ । चुनाव सकिएको १२ दिन भईसकेको छ । प्रत्येक्ष तर्फको केहि ठाउ र समानुपातिक तर्फको पनि लगलग मतगणना सम्पन्न हुनै लागेको छ । मतगणना सम्पन्न हुनैलाग्दा, दलहरुलाई भने सकस भईरहेको छ । गठबन्धन बनाएर चुनावमा  गएका दलहरुले पनि बहुमत ल्याउन हम्मे हम्मे भएको छ । नेपाली कांग्रेस, नेकपा माओबादी र एकिकृत समाजबादी लगायत गठबन्धनमा थियो भने नेकपा एमाले, संघिय समाजबादी फोरम, कमल थापा नेतृत्वको राप्रपा र राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा लगायतका दलहरुको गठबन्धन रहेको थियो । यि दलहरुले संघिय सरकार बनाउन पुग्ने सिट ल्याउन सकेका छैनन् । केहि ठाउको मतगणना भइरहेकोले झिनो आशा भने रहिरहेको छ । प्रतिनिधी सभा सदस्यका लागि ४७ दललले एकल वा गठबन्धन भएर चुनावमा भाग लिएका थिए । प्रत्यक्ष तर्फ नेपाली कांग्रेस पहिलो दल भएको छ भने नेकपा एमाले दोश्रो दल भएको छ । समानुपातिक तर्फ नेकपा एमाले पहिलो र नेपाली कांगे्रस दोश्रो भएको छ । चुनावमा भाग लिएका ४७ दल मध्ये १३ दलले प्रत्येक्ष तर्फ जितेका छन् । त्यस मध्ये तिन वटा दलले एक एक सिट मात्र जितेका छन् । यि मध्य एउटा दलले थ्रेसहोल्ड कटाएको छ भने दुइवटा दलले थ्रेसहोल्ड पनि कटाएका छैनन् । राष्ट्रिय जनमोर्चा बाट चित्र बहादुर केसिले बाग्लुङ बाट एक सिट जितेका छन् भने समानुपातिक तर्फ ४६ हजार ३४८ मत पाएका छन् । थ्रेसहोल्ड कटाउनको लागि खसेको कूल सदर मतको ३ प्रतिशत ल्याउनु पर्ने ब्यवस्था रहेको छ । त्यसै गरि नेपाल मजदुर किसान पार्टी बाट प्रेम सुवालले एक सिट जितेका छन् । समानुपातिक मत ७५ हजार ४४ रहेको छ । चन्द्रकान्त राउतको नेतृत्वमा रहेको जनमत पार्टीले पनि एक सिट चन्द्रकान्त राउतले नै सप्तरी बाट जितेका छन् । यो दलले समानुपातिक तर्फ ३ लाख ९४ हजार ३४५ मत प्राप्त गरि राष्ट्रिय दल भएको छ ।

प्रतिक्रिया