ओखलढुंगामा सवारी दुर्घटना बढ्यो


झगनखबर

साउन ३१ । जिल्लामा सवारी दुर्घटनाको संख्या बढेको छ । साउन महिनामा वर्षाका कारण र सडकको अवस्थाका कारण सवारी दुर्घटना बढेको हो । साउन महिनामा जिल्लामा ५ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, सवारी दुर्घटनामा बृद्धी भएपनि मानविय क्षती भने भएको छैन । सवारी दुर्घटनामा परी १० जना घाइते भएका थिए । घाइते मध्ये एक जना गम्भिर र ९ जना सामान्य घाइते भएका थिए । सबै भन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् । मोटरसाइकल ६ वटा, कार जिप १ वटा, ट्रयाक्टर १ वटा दुर्घटना भएका छन् । दुर्घटना हुनुमा तिव्रगती, मौसमका कारण र सडकको अवस्थाको कारण रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया