झगनखबर
फागुन ४ । नेपथ्थे युवा समाजद्वारा
आयोजित खेलकुद प्रतियोगिता उद्घाटन् भएको छ । सिद्धिचरण नगरपालिका वडा नं स्थित
कुन्ता माध्यमिक विद्यालय ज्यामिरेको खेलमैदानमा शुक्रबार उद्घाटन गरिएको हो ।
खेलकुद विकास समिति कोशी प्रदेशका सदस्य सचिव हंसराज वाग्लेको प्रमुख आतिथ्यमा
खेलको उद्घाटन गरिएको छ । प्रदेश खेलकुद विकास समिति नौ नम्बर वडा कार्यालय
ज्यामिरेको आर्थीक सहयोगमा खेलकुदको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा
बोल्दै प्रमुख अतिथी वाग्लेले खेलकुदको विकासमा आफ्नो गृह जिल्ला ओखलढुंगालाई
विशेष प्राथमिक्तामा राखेको बताउनु भयो ।
जिल्लाका आधिकारीक दर्ता भएका खेलकुद क्लबहरुलाई आफुले सकेको सहयोग गर्ने
पनि बताउनु भयो । कार्यक्रममा बोल्दै वडा
अध्यक्ष गुणराज खड्काले ज्यामिरेमा ठुलो खेलको आयोजना गरेकोमा युवा समाजलाई र
खेलकुद प्रतियोगिता सन्चालन गर्न सहयोग पुर्याउने सबैलाई धन्यबाद दिनुभयो ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख तारादेवी कार्की, सिद्धिचरण उपप्रमुख केदारबाबु बस्नेत, जिल्ला भूमी आयोगका अध्यक्ष पुरुषेत्तम
लुइटेल लगायत जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधीहरु, सन्चारकर्मीहरुको उलेख्य उपस्थिती
रहेको थियो । उद्घाटन खेल भलिबल प्रतियोगिताबाट भएको छ भने अन्य बिधाका खेलहरु शनिबारदेखि हुने आयोजकले जानकारी दिएका छन् । कार्यक्रमको सन्चालन युवा समाजका सचिव धिरेन्द्र खड्काले गर्नुभएको थियो ।
खेलमा पुरुष भलिबल प्रतियोगिता, सोलो बाइक रेस र ३ हजार मिटर खुल्ला
दौड प्रतियोगिता हुने आयोजकले जानकारी दिएका छन् ।
तीन विधाका खेलमा पुरस्कारहरु यस
प्रकारको रहेको छ ।
१. पुरुष भलिबल तर्फका पुरस्कारहरु :
प्रथम पुरस्कार : रु १ लाख १ हजार १
सय ११ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र ।
द्धितिय पुरस्कार स् रु ५१ हजार १ सय
११ नगद सहित ट्रफी, मेडल
प्रमाणपत्र र सेमिफाइनलिष्ट दुइ
टिमलाई रु २५ हजार १ सय ११ नगद सहित प्रमाणपत्र दिइने छ । क्वाटरफाइनल बाट म्यान
अफ द म्याच घोषणा गर्दै नगद सहित मायाको चिनो प्रदान गरिने जानकारी दिएका छन् ।
२. तीन हजार मिटर खुल्ला दौड तर्फ पुरस्कारहरु :
प्रथम पुरस्कार : रु ६ हजार १ सय ११
नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र ।
द्धितिय पुरस्कार: रु ४ हजार १ सय ११
नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र ।
तृतिय पुरस्कार : रु २ हजार १ सय ११
नगद सहित प्रमाणपत्र बितरण गरिने छ ।
३. स्लो बाइक रेस तर्फ पुरस्कारहरु :
प्रथम पुरस्कार : रु ६ हजार १ सय ११
नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र ।
द्धितिय पुरस्कारस् : ४ हजार १ सय ११
नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र ।
तृतिय पुरस्कार : रु २ हजार १ सय ११
नगद सहित प्रमाणपत्र बितरण गरिने छ ।