कालिका मावी सिस्नेरीको वार्षिकोत्सव विविध कार्यक्रमका बिच सम्पन्न


झगनखबर

फागुन १६ । कालिका माध्यमिक विद्यालय सिस्नेरीको वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम विभिन्न कायक्रमका बिच सम्पन्न भएको छ । बुधबार विद्यालयको ६२औँ वार्षिकोत्सव र नवनिर्मित भवन उद्घाटन गरिएको हो । शिक्षा विज्ञान तथा प्रविधी मन्त्री अशोक राईको प्रमुख आतिथ्यता र  राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा पुर्व माननिय यज्ञराज सुनुवार जिल्लास्थित पालिका प्रमुखहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा मन्त्री राइले विद्यालय शिक्षा सम्बन्धी ऐन निर्माणको काम चलीरहेकोले हिउदे अधिवेशनबाट सकेर वर्षे अधिवेशनबाट राष्ट्रिय सभाबाट पारित गराउन सकियो भने यसले संघ, प्रदेश र स्थानिय तहको अधिकारको बारेमा प्रष्ट हुने बताउनु भयो  । 'अहिले सम्म विभिन्न सरोकारवाला निकाय सँग छलफल गरी राय लिई छलफल गरिरहेका छौ ।' शिक्षा सम्बन्धी कानुन, प्राविधिक शिक्षा सम्बन्धी कानुन र उच्च शिक्षा सम्बन्धी कानुनको ऐनहरु बनेर कार्यान्वयनमा गएपछि नेपालको शिक्षा क्षेत्रमा क्रान्ती हुने बताउनु भयो ।  भुकम्प पश्चात नेपाल सरकार केन्द्रिय आयोजना कार्यान्वयन इकाईको आर्थीक सहयोगमा निर्माण भएको हो । केसी कन्ट्रक्शन कुपनडोलले निर्माण गरेको उक्त भवन मूल्यअभिबृद्धी कर बाहेक  ७ करोड २९ लाख ९५ हजार ३ सय ६५ रुपैयाँ ९० पैसामा निर्माण सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो ।

  सुविधायुक्त २४ कोठे भवनको निर्माण सम्पन्न भएपछि वार्षिकोत्सवसँगै उद्घाटन गरिएको ब्यवस्थापन समितिले जानकारी दिएको छ । ३।३ तले दुईवटा  भवनमा स्टाफ रुम, कम्प्युटर ल्याब, पुस्तकालय, साइन्स ल्याव सहित २४ कोठा रहेको छ । उक्त नयाँ भवन निर्माण सम्पन्न भएपछि अध्ययन अध्यापनका लागि सजिलो भएको प्रधानाध्यापक इन्द्र प्रसाद लुइटेलले बताउनु भयो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारबाट सांगितिक कार्यक्रम पनि प्रस्तुत गरिएको छ ।  ।

प्रतिक्रिया