ओखलढुंगा १३, फागुन । नेपाली
कांग्रेसले राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र
पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन
समितिको शनिबार बिहान केन्द्रीय कार्यालय
सानेपामा बसेको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय
गरेको पार्टीका नेपाली कांग्रेस केन्द्रिय कार्यालयले जनाएको छ । कांग्रेस, नेकपा माओवादी
केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक
समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति
पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका
उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो । मुलुककोे सर्वोच्च पद राष्ट्रपतिको
यही फागुन २५ गते हुने निर्वाचनका लागि आज फागुन १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता
हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन
अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र
दर्ता गर्ने कार्यक्रम छ