असार २० । स्वर्गिय
बल बहादुर राईको १३ औँ स्मृति दिवस मनाईएको छ । बल बहादुर राई स्मृति प्रतिष्ठान
काठमाण्डौले एक औपचारीक कार्यक्रम गर्दै बुधबार स्मृति दिवस मनाएको हो । नेपाली
कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्रि डा. मिनेन्द्र रिजालको प्रमुख
आतिथ्यतामा कार्यक्रम भएको थियो । ओखलढुंगाको मिलनचोकमा भएको स्वर्गिय बल बहादुर
राईको सालिकमा माल्यार्पण पछि औपचारीक कार्यक्रम गरिएको थियो । औपचारिक कार्यक्रममा
नेपाली कांग्रेसका पुराना नेता दुर्योधन गिरी, नेपाली कांग्रेसका नेता एवं जिल्ला समन्वय
समिति ओखढुंगाका प्रमुख डिल्लीराम खनाल र महिला नेतृ एवं जिल्ला समन्वय समिति
ओखलढुंगाकी उपप्रमुख तारादेवी कार्कीलाई सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । दुर्याेधन
गिरी भने कार्यक्रममा उपस्थित हुनुभएको थिएन ।
कार्यक्रमलाई सम्बोधन
गर्दै प्रमुख अतिथी डा. रिजालले बल बहादुर राईलाई देशले चिनेको नेता र राइले
देशलाई चिनेको नेता भएको बताउनु भयो । ‘उहाँ एकदमै निडर, गर्छु भनेको काम
गरेरै छाड्ने एक कर्मठ नेता हुनुहुन्थ्यो ।’ विपीको पनि विश्वास पात्र भएर काम गर्नुभएका नेता राइलाई २०१६ सालमा विपीले चुनाव उठाउनु भएको रिजालले
बताउनु भयो ।
नेपाली कांग्रेसका
केन्द्रिय सदस्य एवं प्रतिनिधी सभा सदस्य रामहरि खतिवडाले ओखलढुंगामा बल बहादुर
राईले विकासको शुरुवात गर्दै, विकासको मुल फुटाएको बताउनु भयो । कटारी देखि
ओखलढुंगा सम्म सडक निर्माण नभए कि यातायात मन्त्रि छैन कि म छैन भन्दै उदयपुरको
कटारी देखि ओखलढुंगा सम्मको सडक निर्माण गरेरै छाड्नु भयो; उहाँले भन्नु भयो ।
नेपाली कांग्रेसका
जिल्ला सभापति एवं सिद्धचरण नगरपालिका प्रमुख तेजेन्द्र खनालले नेपालमा
प्रजातन्त्र स्थापनाका लागि बल बहादुर राईले महत्वपुर्ण भूमिका निभाएको भन्दै
उहाँले गरेको योगदानलाई शब्दमा ब्यक्त गर्न नसकिने बताउनु भयो ।
नेपाली कांग्रेसका
नेता बालकृष्ण दाहालले बल बहादुर राईले देखाएको बाटोमा नेपाली कांग्रेस हिड्न नसकेको
बताउनु भयो ।
कार्यक्रममा बोल्दै
संविधानसभा सदस्य एवं नेकपा एमालेका नेता हर्कबोल राईले अहिले सम्म कसैले पनि
बिरोध नगरेको ब्यक्ति एकमात्र राजनितिक ब्यक्ति भनेको बल बहादुर राइ भएकाले उहाँले
देखाएको राजनितिक बाटो र संस्कारलाई सबै राजनितिक दलहरुले अनुशरण गर्नु अनिवार्य
भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै
बक्ताहरुले बल बहादुर राईले गरेको योगदानको प्रशंसा गर्दै उहाँले देखाएको बाटोमा
सबै राजनितिक दलहरु हिड्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा राजनितिक
दलका प्रतिनिधीहरु सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।