ओखलढुंगाका तिनवटै सिट बहुमतले जिताउछु; ‘सभापति खनाल’

ओखलढुंगा, कार्तिक ३० । नेपाली कांग्रेसका जिल्ला सभापति तेजेन्द्र खनालले गठबन्धनका तिन वटै सिट बहुमतले जिताउने प्रतिज्ञा गर्नु भएको छ । ओखलढुंगा जिल्लामा प्रदेशसभा तर्फ दुइवटा निर्वाचन क्षेत्र र प्रतिनिधी सभा तर्फ एउटा निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधी सभा तर्फ नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडा, प्रदेशसभा सदस्य प्रदेश (क) मा नेपाली कांग्रेसकै केन्द्रिय सदस्य प्रदिप कुमार सुनुवार र प्रदेश (ख) तर्फ नेकपा माओबादीका केन्द्रिय सदस्य बाबुराम गौतम उम्मेदवार रहेका छन् । पार्टीको जिल्ला सभापति निर्वार्चीत भए लगतै स्थानिय तहको चुनाव फेस गरेका खनालले जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा आफै निर्वाचित भए भने अन्य ५ वटा स्थानिय तहमा प्रमुख र ४ वटा स्थानिय तहमा उपप्रमुख जिताउन सफल भएका थिए । ओखलढुंगामा नेपाली कांग्रेसको एकल जिल्ला समन्वय समिति बनेको छ । मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचनमा होमिएका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन कस्सेर लागिपरेका छन् । झगनखबर सँग कुरा गर्दै उनले भने; ‘म जिल्लाको एक मात्र नगरपालिकाको प्रमुख पनि भएकाले निर्वाचन आयोगको आचारसंहितालाई ख्याल गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउने जिम्मेवारीलाई सहजताका साथ पूरा गर्नेछु र तिनैजना उम्मेदवारलाई बहुमतका साथ विजयी गराएर पठाउनेछु’ । सालीन स्वभावका खनाल, पार्टी संगठन र चुनाव परिचालनमा अब्बल मानिएका छन् । जिल्ला अधिबेशनमा पार्टी सभापति निर्वाचित भए लगत्तै भएको स्थानिय तहको चुनावमा आफ्नो कार्यकुशल्ता देखाएका थिए । विद्यार्थी जीवन देखि नै राजनितिमा होमिएका खनाल ने.वि.संघको जिल्ला अध्यक्ष, नेपाली कांग्रेसको जिल्ला सदस्य, सचिव, उपसभापति हुदै १४औ जिल्ला अधिबेशन बाट सभापतिको भूमिकामा छन् । सभापति निर्वाचित भए पश्चात जिल्लामा भएका असन्तुष्ट पक्षलाई पनि मिलाएर सँगै राख्ने प्रयासमा लागिरहेका छन्, र सफल पनि भएका छन् । अहिले जिल्लामा सबै कांग्रेसीहरु एकढिक्का भएर चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउन सहयोग गरिहेको बताउछन् । ओखलढुंगा जिल्ला कांग्रेसको किल्ला भनेर चिनिएको, जिल्लालाई फेरी एकपटक ४९ साल र ५६ साल फकाउने लक्ष्ये लिएर काम गरिरहेकोले जिल्लाका विभिन्न तह र तप्कामा बसेर पार्टीको काम गरिरहेका नेता तथा कार्यकर्ताहरुलाई एकजुट भएर पार्टीको काम गर्न अनुरोध गरेका छन् । उनि भन्छन्; ‘आ–आफ्नो पदिय हैसियत अनुसारको जिम्मेवारी अनुशासित भएर पुरा गर्न सबै जना लाग्यौँ भने सोचेको जस्तो रिजल्ट निस्कन्छ र लक्ष्यमा पुग्न सजिलो हुन्छ’ । अहिलेको संघ र प्रदेशको चुनावमा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुलाई  निर्देशनात्मक अनुरोध गरेका छन् । जिल्लामा एउटा नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् । स्थानिय तह निर्वाचनमा ५ वटा स्थानिय तहमा प्रमुख र ४ वटामा उपप्रमुख जितेर एकल जिल्ला समन्वय समिति बनेको छ । नेकपा एमालेले एउटा प्रमुख र ४ वटा उपप्रमुख जितेको छ, एउटा स्थानिय तहको प्रमुखमा जसपाले जितेको छ। गठबन्धन सँग नेकपा एमाले एक्लै चुनाव फेस गरिरहेको छ ।  

प्रतिक्रिया