झगनखबर
असार २६ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका
लागि उडान भर्ने क्रममा सम्पर्कविहिन हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ
। हेलिकोप्टर लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामाजुराको चिहानडाँडामा
दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।
चौरी गोठालाहरूले चिहानडाँडामा
हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटीएको लिखुपिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की
बस्नेतले बताउनुभयो । भेडागोठालाहरूले भने
अनुसार उक्त विमान चिहानडाँडामा ठोक्किएर दुर्घटना भएको थियो । घटनास्थलमा
उद्धारटोली, सोलुदुधकुण्ड
नगरपालिका बाट पनि पुगीसकेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । घट्ना भएको
ठाउँमा सजिलै जान सकिने अवस्था नभएको पनि बताउनु भयो । तलबाट हेदौ आगो बलिरहेको
देखिन्छ तर हिडेर जानलाई लगभग २ घण्टा भन्दा बढी समय लाग्छ; 'उहाले भन्नुभयो ।'
सोलुखुम्बुको सुर्केबाट विहाना ९ः५२
बजे काठमाडौँका लागि उडेको कल साइन ९ एनए.एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे
सम्पर्कविहीन भएको थियो ।
मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका
अनुसार सम्पर्कविहीन हेलिकप्टरमा पाइटलसहित ६ जना सवार थिए । उहाँका अनुसार पाँच
यात्रु मेक्सिकन नागरिक हुन् । प्रतिकूल मौसमका कारण खोज्न गएको हेलिकोप्टर गन्तव्यमा
पुग्न नसकेको जनाइएको छ ।