मेषः चु चे चो ला लि लु ले लो अ
साताको प्रारम्भमा प्रतिस्पर्धामा सफलता मिल्नेछ। नयाँ कार्यको
प्रारम्भ गर्न सकिएला। साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ। युवावर्गहरूलाई
करियरलाई लिएर चिन्ता रहनेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ।
कार्यक्षेत्रमा झुटो आरोप लाग्न सक्ला। नोकरी वा पेशामा संघर्ष धेरै गर्नुपर्ला।
यो साताको शुभ रंग रातो र गुलाबी हो भने शुभ अंक २ र ५ रहेको छ।
वृषः इ उ ए ओ वा वि वु वे वो
साताको प्रारम्भमा युवा वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। प्रेम
सम्बन्ध सुमधुर रहनेछ। साताको मध्यमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला।
कार्यक्षेत्रमा अरुको विश्वासमा कार्य नछोड्नुहोस्। साताको अन्तिममा आयस्रोतका
नयाँ अवसरहरू प्राप्त हुनेछन्। सौन्दर्यगत सामानमा धन खर्चका योग छन्। यो साताको
शुभ रंग हरियो र निलो हो भने शुभ अंक ३ र ७ रहेको छ।
मिथुनः का कि कु घ ङ छ के को हा
साताको प्रारम्भमा पारिवारिक
समस्या सुल्झाउनमा समय बित्नेछ। व्यापार व्यवसायमा आफन्तहरूबाट सोचेजस्तो सहयोग
नमिल्ला साताको मध्यमा सन्तानको स्वास्थ्य र प्रगतिलाई लिएर चिन्ता रहनैछ।
कार्यक्षेत्रमा मेहनतले राम्रो प्रतिफल दिलाउनेछ। साताको अन्तिममा सवारी साधन
चलाउँदा सावधान रहनुहोला। विद्यार्थी वर्गहरूको पठनपाठनमा मन लाग्नेछ। यो साताको
शुभ रंग हरियो र पहेलो हो भने शुभ अंक ३ र ६ रहेको छ।
कर्कटः हि हु हे हो डा डि डु डे डो
साताको प्रारम्भमा धैर्य र पराक्रमले अप्ठ्यारो कार्य सजिलै सम्पादन गर्न सकिनेछ। महत्वकांक्षी कार्य प्रारम्भ गर्ने समय रहेको छ। साताको मध्यमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। पुरानो कुरालाई लिएर आफन्तहरुमा वादविवादको सम्भावना देखिएको छ। साताको अन्तिममा व्यापार व्यवसायमा पुरा गर्न नसकिने वाचा नगरौँ। परिजनहरूको साथ मिल्नाले नयाँ जोश जाग्नेछ। यो साताको शुभ रंग खैरो र सुन्तला हो भने शुभ अंक ५ र ७ रहेको छ।
सिँहः मा मि मु मे मो टा टि टु
साताको प्रारम्भमा पैतृक सम्पत्तिलाई
लिएर वादविवाद बढ्न सक्छ। स्वास्थ्यलाइ लिएर सचेत रहनुहोस्। कार्यक्षेत्रमा
परिस्थितिसँग सम्झौता गर्नुहोस्। साताको मध्यमा आँटेको कार्य समयमा सम्पादन हुनाले
मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। साताको अन्तिममा
बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। सकारात्मक सोचले अगाडि बढ्नुहोस्
सफलता मिल्नेछ। यो साताको शुभ रंग खैरो र पहेलो हो भने शुभ अंक ३ र ८ रहेको छ।
कन्याः टो पा पि पु ष ण ठ पे पो
साताको प्रारम्भमा प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा
नयाँ कार्य हात लाग्नेछ। साताको मध्यमा व्यापार व्यवसायमा बोलीले कार्य सिद्ध गर्न
सकिनेछ। कानुनी मामिलाहरूमा पक्ष मजबुत होला। उद्योग व्यापारमा शत्रुहरू सक्रिय
रहनेछन्। साताको अन्तिममा परिवार मध्ये आफूभन्दा सानाहरूको साथ र सहयोग मिल्नेछ।
साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग बैजनी र सुन्तला हो भने शुभ अंक ७ र
९ रहेको छ।
तुलाः रा रि रु रे रो ता ति तु ते
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट सफलता मिल्नेछ। विदेश
ताक्नेहरू विद्यार्थीहरूलाई नयाँ अवसर मिल्नेछ। साताको मध्यमा कार्यक्षेत्रमा
लगनशीलताको उचित इनाम मिल्नेछ। शेयर बजारबाट मनग्य लाभ मिल्ला। साताको अन्तिममा
संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। साइनो गाँस्नेहरूबाट अलि सजग रहनुहोला। यो
साताको शुभ रंग हल्का हरियो र सेतो हो भने शुभ अंक २ र ३ रहेको छ।
वृश्चिकः तो ना नि नु ने नो या यि यु
साताको प्रारम्भमा आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन्।
कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। साताको मध्यमा गृहणीहरूले गृह
सम्बन्धी कार्य गर्दा हातहतियारको उपयोग सावधानीपूर्वक गर्नुहोस्। अप्रिय समाचारले
मन खिन्न रहनेछ। साताको अन्तिममा पायक स्थानमा भ्रमणका योग छन्। कार्यक्षेत्रमा
आफ्नो प्रतिभाले अरुलाई आकर्षित गर्न सकिनेछ। यो साताको शुभ रंग सुन्तला र
सिन्दुरी हो भने शुभ अंक ८ र ९ रहेको छ।
धनुः ये यो भा भि भु धा फा ढा
भे
साताको प्रारम्भमा व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। नयाँ नोकरीमा सफलता मिल्नेछ। साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ भने आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। स्वास्थ्यले साथ दिनेछ। साताको अन्तिममा विद्यार्थी वर्गहरूलाई शिक्षाको क्षेत्रमा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। जोखिमपूर्ण कार्य गर्दा सजग भएर गर्नुहोला। यो साताको शुभ रंग खैरो र सुन्तला हो भने शुभ अंक ३ र ५ रहेको छ।
मकरः
भो जा जि जु जे जो ख खि खु खे खो गा गि
साताको प्रारम्भमा धर्मकर्ममा रुचि बढ्नेछ। प्रतिस्पर्धीहरूलाई
दमन गर्न सकिनेछ। नयाँ उद्योग व्यापार प्रारम्भ गर्ने समय रहेको छ। साताको मध्यमा
व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा योग्यताका उचित मूल्यांकन हुनेछ।
साताको अन्तिममा शैक्षिक क्षेत्र वा लेखन कलामा सफलता मिल्नेछ। आफन्तहरूको साथमा
रमाइलो समय बित्नेछ। यो साताको शुभ रंग पहेलो र हरियो हो भने शुभ अंक ३ र ९ रहेको
छ।
कुम्भः
गु गे गो सा सि सु से सो दा
साताको प्रारम्भमा असंयम
व्यवहारले समस्या निम्ताउन सक्ला। विद्यार्थी वर्गहरू पठनपाठनमा आलस्य गर्नदेखि
बच्नुहोला। साताको मध्यमा युवा वर्गलाई उच्च शिक्षामा नयाँ अवसर मिल्नेछ। कृषि वा
पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। साताको अन्तिममा विशिष्ट व्यक्तिहरूसँगको भेटघाटले
रोकिएको कार्य प्रारम्भ हुनेछ। साताको अन्तिममा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ।
यो साताको शुभ रंग पहेलो र निलो हो भने शुभ अंक २ र ४ रहेको छ।
मीनः
दि दु थ झ ञ दे दो चा चि
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ। जीवनसाथीको
स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। साताको मध्यमा अरुको लागि बुद्धि र श्रम खर्च
गर्नुपर्ला। कार्यक्षेत्रमा समस्यालाई टाल्नुभन्दा त्यसलाई सम्पन्न गर्नमा विश्वास
राख्नुहोस्। साताको अन्तिममा योजनाहरू सार्वजनिक नगर्नुहोला। धन सञ्चय भएपनि
आयस्रोत सामान्य रहनेछ। व्यापार व्यवसायमा अनुभवको फाइदा लिन सकिएला। यो साताको शुभ
रंग सेतो र हरियो हो भने शुभ अंक १ र ४ रहेको छ।
ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल