कांग्रेसको संकल्पपत्रः ज्येष्ठनागरिक भत्ता ६५ वर्षमै दिइने

नेपाली कांग्रेसले आसन्न प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि संकल्पपत्र सार्वजनिक गरेको छ । १२ गते शनिबार सार्वजनिक गरेको संकल्पपत्रमा ५० युनिट सम्म बिजुली निःशुल्क,सरकारी कागजपत्रक होमडेलीभरी लगायत ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ । कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ । तर कांग्रेसले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सार्वजनिक गरेको घोषणापत्रमा ६८ वर्ष पुगेकालाई दिइने ज्येष्ठ नागरिक भत्ता क्रमशस् ६५ वर्षमा झारिने उल्लेख गरिएको छ । कांग्रेसले ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ । त्यस्तै ७३ वर्ष पुगेकाहरुको उपचार निशुल्क गर्ने घोषणा पनि गरेको छ ।कांग्रेसले ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ । त्यस्तै ७३ वर्ष पुगेकाहरुको उपचार निशुल्क गर्ने घोषणा पनि गरेको छ ।

प्रतिक्रिया