बृक्षारोपन गर्दै राष्ट्रिय वि.पी स्मृति दिवस मनाईयो


झगनखबर

साउन ६ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति ओखलढुंगाको आयोजनामा ४१ औ राष्ट्रिय वि.पी स्मृति दिवस मनाइएको छ । क्षेत्रीय कार्यसमिति प्रदेश सभा (क) र प्रदेश सभा (ख) को संयुक्त आयोजनामा वि.पी स्मृति भवन ओखलढुंगामा एक औपचारीक कार्यक्रम गरी राष्ट्रिय वि.पी स्मृति दिवस मनाईएको हो । जिल्ला कार्यसमिति ओखलढुंगाका कोपाध्यक्ष बिनोद ताम्रकारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थित नेता तथा कार्यकर्ताको उलेख्य उपस्थिती रहेको थियो । कार्यक्रमका वक्ताहरुले महामानव विपी कोइरालालाइ सम्झदै अहिलेका नेताहरुले विपीबादलाई अँगाल्न नसकेको बताएका थिए । प्रमुख अतिथी ताम्रकारले पार्टीमा काम नगर्ने तर बाहिर पार्टीकै बद्ख्वार्इँ गरेर हिड्नेको संख्या बढ्दै गएको बताउनु भयो । साथै उहाले, पार्टीमा जो कोहीको पनि बिमती हुनसक्छ, त्यो पार्टी भित्रै बसेर समाधान गर्न सकिन्छ । कार्यक्रमको सभापतित्व गर्नुभएका प्रदेश सभा (क) का  क्षेत्रीय सभापति सन्तोषबाबु थापाले बिपी कोइरालाले यो देशमा गरेको योगदानलाई शब्दमा सम्मान गरेर मात्रै नपुग्ने र उहाँको विचारलाई गाउँको तल्लो तह सम्म पुर्याउन कांग्रेसका सम्पुर्ण नेता तथा कार्यकर्ता लागीपर्नु पर्ने बताउनु भयो । प्रदेश सभा (क) का क्षेत्रीय सभापति आश्रचन राईले विपीको विचारलाई अंगालेर काम गर्न सके मात्र कांग्रेस र समग्र समाजको विकास हुने बताउनु भयो ।

नगरसभापति प्रेमराज गुरुङले विपीको विचार विना कांग्रेसको परिकल्पना पनि गर्न नसकिने भन्दै, समाज परिवर्तनको लागी उहाँको विचारलाई हुबहु पालना गर्न र गराउने दायित्व कांग्रेसमा नै रहेको बताउनु भयो ।

नेपाल तरुणदल जिल्ला कार्यसमिति ओखलढुंगाले बृक्षारोपन गरी  राष्ट्रिय वि.पी स्मृति दिवस मनाएको छ । सिद्धिचरण नगरपालिका वडा नं ११ स्थित सिद्धिचरणपार्कमा बृक्षारोपन गरिएको हो । विपीस्मृति भवनमा औपचारीक कार्यक्रम पश्चात सबै नेता तथा कार्यकर्ताको उपस्थितिमा बृक्षारोपन गरिएको थियो ।


प्रतिक्रिया