नेपाल भ्रष्टचारयुक्त मूलुक कायमै


झगनखबर

माघ १७ ।  ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) द्वारा (भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२३) सार्वजनिक गरेको   (टीआर्ई) नेपालले सार्बजनिक गरेको सूचकाङ्क २०२३ मा नेपाल भ्रष्टचार हुने मूलुकमै कायम रहेको हो

१८० देश सम्मिलित यस सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् । यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँदछ ।

सीपीआई २०२३ मा नेपाललाई १०० मा ३५ अङ्क (१०८ औं स्थान)  दिइएको छ । सीपीआई २०२२ मा नेपालको अंक ३४ (११० औं स्थान) मा रहेको थियो । सूचकाङ्कमा यस वर्षको औसत अंक ४३ रहेको छ । एशिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको    छ । विश्वका दुई तिहाई मुलुकले ५० भन्दा कम अंक पाएका छन् । यसले ती देशमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ । गतवर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ ।

सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये :

भुटान ६८ अङ्क (२६ औं)

भारतले ३९ (९३ औं)

माल्दिभ्सले ३९ अङ्क (९३ औं)

 नेपालले ३५ अङ्क (१०८ औं)

श्रीलङ्काले ३४ अङ्क (११५ औं)

पाकिस्तानले २९ अङ्क (१३३ औं)

बङ्गलादेशले २४ अङ्क ९१४९ औं० र

अफगानिस्तानले २० अङ्क (१६२ औं) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४२ अङ्क (७६ औं) प्राप्त गरेको छ ।



प्रतिक्रिया