माघ २४ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । शनिबार बिहान
थापाथलीस्थित नर्भिक अस्पतालमा हृदयाघातका कारण निधन भएको जानकारी प्राप्त भएको छ
।
थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएको थियो । स्वास्थ्यमा
समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो । उहाँ लामोसमय
देखि नेपाली र भारतीय चलचित्र क्षत्रेमा सक्रिय हुनुहुन्थ्यो । नेपाली चलचित्रमा खलनायक
को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा राते काइँला को नामले
चर्चित हुनुहुन्थ्यो । उहाँका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्दै आएको
जानकारी प्राप्त भएको छ ।
२५ माघ २०८२, शनिवार १०:२० मा प्रकाशित
398