पुस २६, काठमाण्डौ । सात दलिय सत्ता गठबन्धनको सरकारले २१ बुँदे नीतिगत प्राथमिक्ता र न्युनतम कार्यक्रम सार्वजनिक गरेको छ । २५ गते सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नितिगत प्राथमिक्ता र न्युनतम कार्यक्रम सार्वजानिक गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) एमाले अध्यक्ष केपी शर्मा वली लगायत सत्ता साझेदार दलको उपस्थितिमा अर्थमन्त्री पौडेलले निति तथा न्युनतम कार्यक्रमको वाचन गरेर घोषणा गरेका थिए । २१ बुँदामा नीतिगत तथा संरचनागत सुधारका केहि बुँदा प्रस्तुत गरेको छ ।
सरकारका २१ बुँदे नीति तथा कार्यक्रम
१. नागरिक्ता र नेपाली पहिचान
२. नीतिगत र संरचनागत सुधार
३. दिगो आर्थीक विकास र अर्थतन्त्रको सवलीकरण
४. लोकतन्त्र, सुशासन र गुणस्तरीय सेवा
५. मेक इन नेपाल , काम, रोजगारी,उद्यमशिलता र स्वदेशी उत्पादन ।
६. गुणस्तरीय शिक्षा र शैक्षिक पुर्वाधार
७. खाद्य आवास र खानेपानी
८. उर्जा विकास
९. स्वस्थ नेपाली निरोगी नेपाल
१०. कृषी क्षेत्रको रुपान्तरण
११. मर्यादित श्रम र सामाजिक संरक्षण
१२. सार्वनिक यातायात र सडक पुर्वाधार
१३. बैज्ञानिक भूमी ब्यवस्थापन र सुकुम्बासी समस्या समाधान
१४. सुचना प्रविधि
१५. पर्यटन, सँस्कृती, सामाजिक सदभाव र राष्ट्रिय एकता
१६. वन, वातावरण, जलवायु अनुकुलन र विपद् ब्यवस्थापन
१७. युवा खेलकुदमा महिला सहभागिता सशक्तीकरण र समाबेशिता
१८. महिला सहभागिता, सशक्तीकरण र समाबेशिता
१९. संघियता कार्यान्वयन र जनताको हितमा राज्य संयन्त्रको परिचालन
२०. शान्ति प्रकृया र संक्रमणकालीन न्याय र
२१. राष्ट्रिय हितको रक्षा, स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीतिको अबलम्बन