झगनखबर
साउन ३२ । ओखलढुंगा
जिल्ला खिजीदेम्बा गाउँपालिका प्रमुख गम्बु शेर्पा बिरुद्ध अनागरिक भएको भनी परेको
रिट मुद्दामा प्रमाणित प्रतिलिपी माग गर्ने आदेश भएको छ । उच्च अदालत बिराटनगर, अस्थाई इजलास ओखलढुंगाले नागरिक्ता पुनः प्राप्ती सम्बन्धिका कागजातहरुको
प्रमाणित प्रतिलिपी इलाका प्रशासन कार्यालय खिजीफलाटेबाट माग गर्न आदेश भएको हो । न्यायधिस द्वय रमेश बहादुर थापा र
शकुन्तला घिमिरेको संयुक्त इजलासले साउन ३१ गते बुधबार आदेश जारी गरेको हो । २०७९
बैशाख ५गते इलाका प्रशासन कार्यालय खिजीफलाटेमा प्रत्यर्थी गम्बु शेर्पाले
नागरिक्ता पुनः कायम गरीपाउँ भनी पेश गरेको निवेदन र त्यसको बारेमा भएका निर्णय
तथा अन्य कागजातहरुको प्रमाणित प्रतिलिपी झिकाई पेश गर्नु भनी आदेश भएको छ ।
अध्यक्ष शेर्पा
बिरुद्ध स्थानिय निर्वाचनमा प्रत्यासी रहेका भुपेन्द्र बहादुर बस्नेतले, अमेरीकी नागरिक रहँदा रहँदै स्थानिय चुनावमा भाग लिएको भन्दै पद खारेज
गरीपाउँ भनी २०८० साल जेठ २३ गते उच्च अदालत विराटनगर, अस्थाई इजलास ओखलढुंगमा शेर्पा
बिरुद्ध रिट दायर गर्नुभएको थियो ।
शेर्पाले २०५३ साल कार्तिक १६ गते जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट नागरिक्ता लिएको देखिन्छ भने २०५७ साल फागुन १७ मा प्रथम पटक जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट प्रथम प्रतिलिपी लिएको देखिन्छ । २०७९ साल बैशाख ५ गते पुनः नागरिक्ता प्राप्तीका लागि इलाका प्रशासन कार्यालय खिजीफलाटेमा निवेदन दिइएको पाइएको छ ।