झगनखबर
माघ २४ । पाकिस्तानको बलोचिस्तान
प्रान्तमा बम विस्फोट हुँदा २२ जनाको ज्यान गएको छ । बुधबार फरक फरक ठाउँमा भएको
बम विस्फोटमा परि २२ जनाको ज्यान जानुका साथै कैयौँको संख्यामा घाइते भएका छन् ।
पाकिस्तानमा बिहीवार निर्वाचन हुन
लागेको छ। चुनावलाई लक्षित गरी बम विस्फोट गराईएको जनाएका छन् । पहिलो विस्फोटन पिशिन जिल्लामा एक स्वतन्त्र
उम्मेदवारको कार्यालयअगाडि भएको थियो। उक्त विस्फोटमा परी १४ जनाको ज्यान गएको थियो
। उक्त ठाउँबाट करिब १ सय ५० किलोमिटर टाढा
किल्ला सैफ उल्लाह जिल्लामा भएको बताएका छन्। उक्त बम विस्फोटमा परी ८
जनाको ज्यान गएको बताएका छन् । दुई ठाउँमा भएको बम विस्फोटमा परी २२ जनाको ज्यान
गईसकेको बताएका छन् ।
निर्वाचनको मुखमा बलोचिस्तान र खैबर
पख्तूनख्वा प्रान्तमा थुप्रै हिंसात्मक घटना भएका छन् । बलोचिस्तान सरकारले मतदान योजनाअनुसार नै अघि
बढ्ने बताएको छ। विस्फोटको बारेमा प्रहरीले खोजी गरिरहेको बताएका छन् भने
घाइतेहरुको उपचार भईरहेको बिबिसीले जनाएको छ ।