ओखलढुंगा प्रदेश (क) को मतगणना सकिनै लाग्दा गठबन्धनका उम्मेदवार प्रदिप कुमार सुनुवारलाई पछ्याउदै नेकपा एमालेका उम्मेदवार अम्बिर बाबु गुरुङ । मत गणना गर्न बाँकी रहेको एकमात्र सिद्धिचरण नगरपालिकाको क्रमश: वडा नं. १ देखि ८ सम्म मतगणना गरिसक्दा अम्बिर बाबु गुरुङ १५५ मतले पछाडी रहेका छन् । नगरपालिकाकै वडा नं. १र२ को मतगणना सक्दा १५०० सयले पछाडी रहेका गुरुङ ७ र ८सम्म गनिसक्दा १५५ ले मात्रै पछाडी परेका छन् ।
प्राप्त मत:
गठबन्धन प्रदिप कुमार सुनुवार १३४६०।
नेकपा एमाले अम्बिरबाबु गुरुङ १३३०५
मतान्तर १५५
६ मङ्सिर २०७९, मङ्गलबार १०:१७ मा प्रकाशित
262