राजकुमार कार्की
फागुन १७ । विद्यालय शिक्षा सम्बन्धी पेश भएको
विधेयक पास भएर कानुन बने पछि शिक्षा क्षेत्रमा क्रान्ती आउने शिक्षा विज्ञान तथा
प्रविधी मन्त्री अशोक कुमार राईले बताउनु भएको छ । कालिका माध्यमिक विद्यालय
सिस्नेरीको ६२औँ वार्षिकोत्सव तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै यस्तो
बताउनु भएको हो ।
विद्यालय शिक्षा
सम्बन्धी निर्माण भईरहेको ऐनलाई हिउँदे अधिबेशनबाट पारीत गरी वर्षेअधिबेशन बाट पनि
पारीत भएपछि कार्यान्वयनमा आउने बताउनु भयो । उहाँले भन्नुभयो; 'ऐन निर्माणको काम
भईरहेको छ, यो विधेयक वर्षे अधिबेशनबाट पारीत गर्न सकियो भने, विधेयक अगाडी आउनेछ र
यसले संघ,
प्रदेश र स्थानिय
तहको अधिकारलाई एकदमै स्पष्ट ढंगले रेखाङकन गर्नेछ ।’ अहिले सम्म शिक्षकहरु, विद्वानहरु, पालिका महासंघ, जिल्ला समन्वय
महासंघहरु, विद्यालय व्यवस्थापन महासंघहरु लगायत सबै सँग राय लिई सकिएको र अव दफावार
छलफल चाँडै गर्ने बताउनु भयो । ‘छलफलमा रहेको
त्यो ऐन आइसकेपछि यसै अधिबेशनमा प्राविधीक शिक्षा सम्बन्धी बिधेयक पनि
प्रस्तुत हुनेछ, आउने वर्षे अधिबेशन सम्ममा उच्च शिक्षा सम्बन्धी बिधेयक पनि प्रस्तुत
हुनेछ । यि तीवटा ऐनहरु बनेर कार्यान्वयनमा गएपछि नेपालको शिक्षा क्षेत्रमा बल्ल
क्रान्ती हुनेछ । त्यो स्थिती तर्फ हामी उन्मुख छौ ।’
त्यसैगरी नेपालका सबै
सामुदायिक विद्यालयहरुलाई आउदो ८६ साल सम्ममा पक्की भूकम्प निरोधक भवन बनाउने
योजना निर्माण गर्ने कार्य भईरहेको पनि बताउनु भयो । तर योजना बनाउदैमा भाषण गर्दैमा घोषणा गर्दैमा
सबैकुरा पुरा हुदैन, त्यो पुरा गर्नलाई पैसा चाहिन्छ, पैसा जम्मा गर्ने स्थितिमा अहिलेको सरकार
निक्कै समस्या झेलीरहेको बताउनु भयो ।
कालिका मा.वि.
सिस्नेरीमा २४ कोठे सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको छ । भुकम्प पश्चात
नेपाल सरकार केन्द्रिय आयोजना कार्यान्वयन इकाईको आर्थीक सहयोगमा भवन निर्माण भएको
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खड्काले जानकारी दिनु भयो । केसी
कन्ट्रक्सन कुपनडोलले निर्माण गरेको उक्त भवन मूल्यअभिबृद्धी कर बाहेक ७ करोड २९
लाख ९५ हजार ३ सय ६५ रुपैया ९० पैसा लागतमा निर्माण सम्पन्न भएको जानकारी दिएका
छन् । तीन तले दुइवटा भवनमा २४ कोठा रहेका छन् । स्टाफ रुम, कम्प्युटर ल्याव, पुस्तकालय, विज्ञान प्रयोगशाला
सहितको सुविधा सम्पन्न भवन भएको व्यवस्थापन समितिले जनाएको छ । भवन निर्माण
सम्पन्न भएपछि अध्ययन अध्यापन गराउन धेरै सजिलो भएको विद्यालयका प्रधानअध्यापक
इन्द्र प्रसाद लुइटेलले बताउनु भयो ।