भाद्र ९ देखि १५ गतेसम्मको साप्ताहिक राशिफल


मेष : चु, चे, चो, ला, लि, लु, ले, लो,

यो साताको सुरुका दिनमा यात्रामा मालसामान हराउन सक्छ । मनमा दुबिधा उत्पन्न हुनेछ । मङ्गलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ । शेयर बजारमा सफलताको सम्भावनालाई नकार्न सकिँदैन । धार्मिक तथा समाजसेवामा मन पनि लाग्नेछ । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृष  : , , , , वा, वि, वु, वे, वो

यो सातामा मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो हो । शुभकर्म गर्नु पूर्व महाकालीको आरधना गरि यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।

 मिथुन : का, कि, कु, , , , के, को हा

यो सातामा कहीँकतैबाट कुनै उपहार प्राप्त होला । सवारी साधनको खरिद बिक्री हुने योग छ । रोकिएको धन हात पर्ला । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । बन्दव्यापारमा पनि फाइदा हुनेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

 कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो सातामा रमणीय र सुखद् यात्राको योग छ । प्यारो साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनेछ । हराएको आत्मविश्वास बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अचल सम्पत्ति हात पर्ने योग पनि छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

साताको सुरुका दिनमा केही अप्ठ्यारा परिस्थितिको सामना गर्नु परेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मन प्रसन्न र हर्षित हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । धेरै पछि सफल र लामो यात्राको योग पनि छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग गुलाबी वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

   कन्या : टो, पा, पि, पु, , , , पे, पो

यो साता धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । घरमा अतिथिको आगमन हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गादेवीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

 तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते

यो सातामा घर परिवारसँग भेटघाट हुनेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग आकाशे निलो हो । शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो सातामा घर परिवारसँग भेटघाट हुनेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग आकाशे निलो हो । शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

 

 धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

यो साता नियमित खर्च बढ्ने योग छ । सरकारी निकायको भय रहला । साताको मध्यबाट चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सिन्दुरे वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

   मकर : भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो

यो सातामा रोकिएका अधुरा कार्यको पुन: थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ, तर मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । गरेका काममा ढिलासुस्ती पनि हुनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको ध्यान गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।

 कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा

यो सातामा आँटेको र ताकेको कार्य पुरा होला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ । यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

 मीन : दि, दु, , , , दे, दो, चा, चि

यो सातामा शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।

प्रतिक्रिया