रास्ट्रपति पद मागेर नभई खोसेर लिनुपर्दछ, त्यसका लागि काङ्ग्रेस सक्षम छ : डा. कोइराला

ओखलढुंगा ९, फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति पद मागेर नभई खोसेर लिनुपर्ने बताउदै त्यसका लागि कांग्रेस सक्षम रहेको बताएका छन् । सिन्धुलीमाडीमा मंगलबार  बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले यस्तो धारणा सार्वजनिक गरेका हुन् । सम्भावित राष्ट्रपतिको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा भए पनि उहाँहरु भन्दा बाहेकको पनि उम्मेदवारी हुनसक्ने बताएका छन् । उहाँका अनुसार  गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्मा पनि राष्ट्रपतिको उम्मेदवार हुनसक्नेछन् ।  राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिको प्रयास  कायम गर्नुपर्ने बताउँदै उनले त्यस्तो सम्भावना कांग्रेसको उम्मेदवारमा मात्रै सम्भव हुने समेत बताए । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारी दर्ताको दिन नजिकिइरहेको बेला दलहरु उम्मेदवार चयनको रस्साकस्सीमा लागेका छन् ।   

प्रतिक्रिया