ओखलढुंगा उपनिर्वाचनः जिससमा निर्विरोध, वडामा ६ दल २ स्वतन्त्रको मनोनयन


राजकुमार कार्की

 मंसिर २ । मंसिर १६ गते तोकिएको उप निर्वाचनका लागि जिल्ला समन्वय समिति प्रमुखमा एकल उम्मेदवार परेको छ भने वडा अध्यक्ष पदका लागि  ६ दल र २ स्वतन्त्रले मनोनयन दर्ता गरेका छन् । जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुख पद उम्मेदवारका लागि नेपाली कांग्रेस तर्फबाट टेकराज भट्टराको एकल उम्मेदवार परेको हो । मोलुङ्ग गाउँपालिका वडा नं ५ को वडाअध्यक्ष पद उम्मेदवारको लागि २ स्वतन्त्र सहित ६ दलले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । निर्वाचन कार्यालयका अनुसार ६ वटा दल सहित दुइ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट घनश्याम दाहाल, नेकपा एमालेको तर्फबाट गंगा बहादुर तामङ्ग, माओबादी केन्द्रको तर्फबाट मान बहादुर सुनुवार, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट विष्णु प्रसाद पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चन्द्रमणी दाहाल, जनता समाजबादी पार्टी नेपालको तर्फबाट इन्द्र बहादुर दर्जीले मनोनयन दर्ता गराउनु भएको छ । दिप बहादुर दाहाल खत्री र हेम बहादुर सुनुवार २ जनाले स्वतन्त्र उम्मेदवारमा मनोनयन दर्ता गराउनु भएको मुख्या निर्वाचन कार्यालय प्राप्चाले जानकारी दिएको छ  ।

 

प्रतिक्रिया