चम्पादेवीमा बृद्ध महिलाको शव फेला


झगनखबर

कार्तिक २४ । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ६ मा बृद्ध महिलाको शव फेला परेको छ । घोराखोरीबाट डाँडागाउँ जाने भित्री कच्ची सडक अन्तर्गत कुँइके पाखामा शव फेला परेको हो । उक्त शव सोही गाउँपालिका वडा नं ४ पुरानागाउँकी ८८ वर्षिय नन्दमाया बुढाथोकीको भएको प्रहरीले जानकारी दिएको छ । कुईके पाखाको सडकमा कुकुरले खाँदै खेलाउदै गरेको अवस्थामा २४ गते शुक्रबार विहान करिब ७ः३० बजेको समयमा स्थानिय बासीले फेला पारेका थिए । निज नन्दमाया डाँडागाउँस्थित छोरीको घरमा बस्दै आउनु भएको थियो । कार्तिक २० गते सोही वडाको चिप्लेटी भदाको घरमा जान भनी हिड्नु भएको थियो । अहिले सम्म भदाको घरमा नपुगी हराईरहनु भएको थियो । आज २४ गते बिहान कुकुरहरुले खाँदै खेलाउदै गरेको अवस्थामा स्थानियबासीले फेला पारी प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी घोराखोरीबाट प्रहरी खटिई घट्नास्थल सुरक्षीत गरिएको र थप कानुनी प्रकृयाका लागी ईलाका प्रहरी चौकी बरुणेश्वर रामपुरबाट प्रहरी निरिक्षकको टोली घट्नास्थल तर्फ गईसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घट्नाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।  

प्रतिक्रिया