झगनखबर
चैत १५ । यस वर्षको एसईई परीक्षामा
जापानको टोकियोबाट परिक्षा दिने ब्यवस्था
मिलाइएको छ । जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेसनल स्कुलबाट परिक्षामा सहभागी
गराउने ब्यवस्था मिलाइएको हो । त्यहाँबाट
१५ छात्रा र ८ छात्रा गरी जम्मा २३ जना परीक्षार्थीहरु सहभागी हुँदैछन् ।
एभरेष्ट इन्टरनेसनल स्कुल नेपाली पाठ्यक्रम अनुसार नेपाल बाहिर माध्यमिक तहसम्म
पढाइ हुने एक मात्र विद्यालय रहेको बताएका छन् ।
त्यहाँ जापानमा बसोबास गर्ने नेपालीहरुका छोराछोरीहरु अध्ययन गर्छन् ।
जापानको परीक्षा केन्द्रको जापानस्थित
नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने छ । जापानमा केन्द्र रहेको स्कुलको
प्रिन्सिपललाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । उत्तर पुस्तिका
हुलाकमार्फत पठाइएको थियो भने प्रश्नपत्र इमेलमार्फत पठाइने परीक्षा नियन्त्रण
कार्यालयले जानकारी दिएको छ ।