लुटपाट तथा हत्यारोपका प्रतिवादी पुर्पक्षका लागि कारागार र सुधारगृह पठाईयो


  फागुन १५ । चिशंखुगढी गाउँपालिका–६, भदौरेका राई दम्पतिको हत्यारोपमा पक्राउ गरिएका मध्ये  एक जनालाई कारागार र नबालकलाई बालसुधार गृह पठाईएको छ ।  जिल्ला अदालत ओखलढुंगाको बुधबार भएको फैसलाअनुसार एक जनालाई पुर्पक्षका लागि कारागार र नाबालकलाई बालसुधार गृह पठाईएको हो ।

ओखलढुंगा साविक भदौरे गाविस–४, हाल चिशंखुगढी गाउँपालिका–६, भदौरेका वर्ष ३४ का धन बहादुर राना मगरलाई पुर्पक्षका लागि कारागार ओखलढुंगा चलान गरिएको छ । भने सोई घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका एक १७ वर्षीय नावालकलाई बालसुधार गृह विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

चिशंखुगढी– ६, भदौरेको बोहोरे टोलका अन्दाजी ७४ वर्षीय चन्द्रविक्रम राई र उहाँकी धर्मपत्नि  अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको माघ १२ गते राती हत्या गरिएको थियो । सामान्य किराना पसल सन्चालन गर्दै आएका राई दम्पतिको लुटपाटपछि हत्या गरिएको थियो । घरको दोश्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमान चन्द्रविक्रमको शव र श्रीमतिको खाटको छेउ भुइमा सिरक ओढेकै अवस्थामा मृतअवस्थामा शव भेटिएको थियो ।  खाट मुनी रगत लतपतिएको देखेपछि घट्ना हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको थियो । राई दम्पतिको लुटपाट पश्चात हत्या गरेको हुन सक्ने आशंका प्रहरी र स्थानीयबासीले गरेका थिए ।  घट्ना शंकास्पद देखेपछि  प्रदेश प्रहरी कार्यालयबाट तालीम प्राप्त कुकुर समेत झिकाई प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

 लुटपाट पश्चात विभत्स हत्यामा संलग्न रहेका प्रतिवादीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको टोलीले संयुक्त रुपमा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान बाट एक नावालक सहित दुवैजनालाई काठमाण्डौ महानगरपालिका वडा नं १५, डल्लु लखतिर्थमार्ग डेराकोठाबाट २३ गते पक्राउ गरिएको थियो । पक्राउपश्चात अनुसन्धान सुरु गरिएका प्रतिवादीहरुलाई जिल्ला अदालत ओखलढुंगाको फागुन १४ गतेको आदेशले कारागार र बालसुधार गृह पठाईएको प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो । प्रतिबादीलाई लुटपाट तथा कर्तब्य ज्यान शिर्षकमा मुद्दा चलाईएको छ ।

प्रहरीका अनुसार, प्रतिवादी दुईजनाले काठमाण्डौमै योजना बनाई लुटपाट गर्ने र हत्या गर्ने उदेश्यले घट्नास्थल आएका थिए । रातीको सयमा गाउँमा गई राती नै घट्ना घटाएर राती नै उक्त घट्नास्थल छोडेका थिए । घट्नास्थल र प्रतिवादीहरुबाट विभिन्न सामग्री (दसी प्रमाण) हरु  वरामद गरी सार्वजनिक गरेको थियो ।  माघ १३ गते घट्नास्थलबाट १ थान कोदालो वरामद गरिएको थियो भने प्रतिवादीहरु सँगै रहेको अवस्थामा मृतक चन्द्रमाया राईले प्रयोग गर्ने गरेको मोबाईल १ थान, प्रतिवादीहरुले घट्नाको क्रममा प्रयोग गरेको मोबाईल २ थान, घट्नास्थलबाट लुटिएको एनटिसीको रिचार्ज कार्ड रु ५० को ६४ थान, रु १०० को ८२ थान एनसेलको रिचार्ज कार्ड (रिचार्ज नगरेको) रु १०० को १३ थानसहित जम्मा १५९ थान वरामद गरेको छ भने  घट्नास्थलबाटै मृतकको कानमा लगाउने सुन जस्तो देखिने पहेलो धातुको माडवाडी १ जोर र सिक्री १ थान घट्नास्थलबाट लुटिएको नगद रु १००० को १२ थान, १२ हजार र ४ थान सि माला  बरामद गरेको थियो । त्यसैगरी  काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका–४, पशुपतिटोल स्थित प्रतिवादीको आफन्तको डेराकोठाबाट मृतक चन्द्रविक्रम राईले प्रयोग गर्ने मोबाईल १ थान वरामद गरिएको जिल्ला प्रहरीले कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।  


प्रतिक्रिया