लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य प्रदेश (क) उम्मेदवार भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप कुमार सुनुवार जित नजिक पुगेका छन् । जिल्लाको एउटा नगरपालिका र तिन वटा गाउँपालिका भएको प्रदेश (क) मा तिन वटै गाउँपालिका र नगरपालिकाको ६ वटा वडाको मतगणना गरिसक्दा प्रदिप सुनुवार अगाडी देखिएका छन् । नेकपा एमालेको बलियो संगठन मानिएको र नेकपा एमाले तर्फका उम्मेदवार अम्बिरबाबु गुरुङको पकड मानिएको सिद्धिचरण नगरपालिकाको वडा नं.४ र ५ (रुम्जाटार र बर्णालु) को मतगणना गर्दा पनि सुनुवारले लिड गरेका छन् । वडा नं. ४ रुम्जाटार अम्बिरबाबु गुरुङको गृह वडा र वडा नं. ५ बर्णालु छिमेकी वडा भएकाले आफुलाई सतप्रतिशत मत आउने र आफु जित्नेमा ढुक्क थिए, अम्बिरबाबु गुरुङ । तर यिनै वडा मतगणना गरिसक्दा सुनुवारले २०४ मतले उछिनेका छन् ।
प्राप्त मत :
प्रदिप कुमार सुनुवार १२५२२
अम्बिर गुरुङ १२३१८
मतान्तर २०४
अब, वडा नं. ७,८,९,११ र १२ मत गणना हुन बाँकी छन् ।