काग तिहार

कार्तिक ६ । नेपालीहरुले बडा दसैँ लगतै मनाउने अर्को ठुलो र महत्वपुर्ण चाड तिहार हो । यहि तिहारको पहिलो र महत्वपुर्ण दिनलाई काग तिहार भनिन्छ । तिहार पर्व कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्धितिया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ काग तिहार बाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । काग तिहारको दिन मत्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ ।

काग M


काग अर्थात सन्देश प्रवाही प्राणी, काग करायो भने केहि सन्देश या पाहुना आउने जनाउका रुपमा लिइने चलन नेपाली समाजमा अझै पनि रहेको छ । कागलाइ विशेष गरि अशुभ सन्देश प्रवाह गर्ने पन्छिका रुपमा लिइन्छ । धर्मशास्त्रानुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पुर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने लैजाने काम कागले नै गर्ने मान्यता रहेको छ । आकाश माध्याम बाट छिटो सन्देश ल्याउने लैजाने भएकाले, यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुती अहिले पनि रहेको छ । तर काग तिहारमा यि सबै नकारात्मक मान्यताहरुलाई बिर्सिएर कागको पूजा गरिन्छ । आज कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ । भन्ने धार्मिक मान्यता रहेको छ । काग तिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यन्न, परिकार खान दिइन्छ । आज काग तिहारकै दिन समुन्द्र मन्थनका बेला उत्पति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरि दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातना बाट मुक्त हुने धार्मिक विश्वास पनि रहेको छ । यमदिप दान गर्दा दक्षिण तर्फ फर्काएर गर्नुपर्ने धार्मिक विधी रहेको छ ।

 

प्रतिक्रिया