झगनखबर
असोज ३० । बलत्कार अभियोगमा २३ वर्षिय
शेर्पा पक्राउ परेका छन् । २७ वर्षिय एक महिलाले जबरजस्ती करणीको आरोप लगाई जिल्ला
प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउनु भएको थियो । महिलाले दर्ता गरेको जाहेरी
दर्खास्तको आधारमा खिजीदेम्बा गाउँपालिका वडा नं ३, पुठा
वस्ने फुरी शेर्पालाई पक्राउ गरिएको हो । जाहेरी दर्खास्तमा असोज १९ गते
राती जबरजस्ती करणी गरेको जनाईएको छ । २९ गते प्रहरीमा जाहेरी दर्ता हुनासाथ ईलाका
प्रहरी कार्यालय बरुणेश्वर बाट खटिएको प्रहरी टोलीले २९ गते अपरान्ह ३ बजे पक्राउ
गरेको थियो । ३० गते मंगलबार जिल्ला अदालत ओखलढुंगाको आदेश अनुसार थप अनुसन्धान
भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बलिस्टार राईले जानकारी दिनुभयो ।
३० असोज २०८०, मङ्गलबार ०४:५७ मा प्रकाशित
420