जनताको अधिकार तलदेखी माथी सम्म पुर्याउन प्रयत्न गर्छु; प्रवक्ता सुनुवार


असार २९ । जनताको अधिकारलाई तलदेखी माथी सम्म पुर्याउने कोशी प्रदेशका प्रवक्ता एवं मन्त्रि प्रदिप कुमार सुनुवारले बताउनु भएको छ । नेपाल प्रेस युनियन जिल्ला ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा सन्चारकर्मीहरु संग कुराकानी गर्दै यस्तो बताउनु भएको हो । कतिपय जनताका अधिकारहरु माथी बाट तल आइपुग्ने र कम पहुँच भएका जनताले माथी सम्म आफ्नो अधिकार खोज्न नसक्ने, नपुग्ने भएकाले, जनताको अधिकार तलबाट माथी सम्म पुर्याउन र माथीबाट पनि तल्लोस्तर सम्म अधिकार पुर्याउने पहल प्रयत्न सहितको काम गर्ने बताउनु भयो ।

आर्थीक समृद्धिका लागी  कोशी प्रदेशका १४ वटै जिल्लामा पर्यटन विकासका लागी पहल गर्ने बताउनु भएको छ । पर्यटन विकास सँग आर्थीक समृद्धी हुने र यसले बसाँई सराई रोक्न र विदेशिने युवालाई पनि आफ्नै ठाउँमा रोजगार बनाउन सहयोग पुर्याउने बताउनुभयो । पर्यटन विकासका लागी निजी क्षेत्रको महत्वपुर्ण हात हुने भएकाले निजी क्षेत्रको सहकार्यमा पर्यटन विकासमा जोड दिने बताउनु भयो । अहिले बिना विभागीय रहेको र मन्त्रालयको टुङगो लागे पछि योजना बनाएर काम गर्ने पनि बताउनु भएको छ ।  कामलाई नविगारी सकेसम्म सुधार्ने प्रयास गर्नेछु, यदी सकिने भने पनि भएको कामलाई नविगार्ने प्रयत्न गर्दै काम गर्नेछु । मन्त्रि एवं सरकारको प्रवक्ता नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला आईपुग्नु भएका सुनुवार भेटघाट तथा  पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो ।

नेपाल प्रेसयुनियन जिल्ला शाखाले ओखलढुंगा जस्तो विकट भुगोलबाट चुनाव जितेर कोशी प्रदेश सरकारको मन्त्रि एवं सरकारको प्रवक्ता जस्तो गरिमामय पदमा नियुक्त हुन सफल हुनुभएको भन्दै सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा जिल्लास्थित सन्चारकर्मीहरुको उपस्थित रहेको थियो ।


प्रतिक्रिया