पुस ३ ।
नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली विजयी हुनुनभएको छ । केपी
शर्मा ओली एमाले अध्यक्षमा लगातार तेस्रो पटक विजयी हुनुभएको हो ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार
अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी ईश्वर पोखरेलले
५६४ मत प्राप्त गर्नुभएको छ । मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ । केपी
शर्मा ओली नेकपा एमालेको नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित
हुनुभएको थियो ।
३ पुस २०८२, बिहिबार ०२:१० मा प्रकाशित
428