मतदातालाई धन्यबाद दिदै विजयी उम्मेदवार; ‘गाउँगाउँमा’

ओखलढुंगा, मंसिर ९ । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट विजयी भएका उम्मेदवारहरु यतिखेर गाउँगाउँमा छन् । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा ओखलढुंगेली मतदाताले विजयी गराएकोमा धन्यबाद दिन गाउँगाउँ पुगेका हुन् । नवनिर्वाचित: प्रतिनिधी सभा सदस्य रामहरि खतिवडा, प्रदेश सभा सदस्य, प्रदेश (क) प्रदिप कुमार सुनुवार, प्रदेश सभा सदस्य प्रदेश (ख) बाबुराम गौतम कार्यतालिका बनाएरै मतदातालाई धन्यबाद दिन गाउँगाउँमा गईरहेका छन् । ओखलढुंगा जिल्लामा प्रतिनिधी सभा १, प्रदेश सभा २ गरि जम्मा ३ वटा निर्वाचन क्षेत्र रहेका छन् । तिनैवटा निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विजयी भएका थिए ।

प्रतिक्रिया