जाजरकोटमा शक्तिशाली परकम्प


झगनखबर

कार्तिक २० । जाँजरकोटमा आज (सोमबार) अपरान्ह अर्को शक्तिशाली परकम्प भएको छ । जाजरकोटको बारेकोट गाउँपालिका१ रामीडाँडा नै केन्द्रविन्दु भएर सोमबार ४ः३१ मा गएको ५.८ रेक्टर स्केलको परकम्प भएको हो ।

पराकम्पले भेरी नगरपालिकामा धेरै घर भत्किएको छ भने केही व्यक्ति घाइते भएका छन् । शुक्रबारको भूकम्पले १२ जनाको मृत्यु भएको भेरी नगरपालिकाको राउतगाउँमा सोमबार ३ वटा घर भत्किएको छ । शुक्रबारको भूकम्पबाट जोगिएका धेरै घर सोमबारको पराकम्पले भत्काएको स्थानीय वीरबहादुर ओलीले जानकारी दिनुभयो । यो भूकम्पले झन् जोखिम बढ्यो, घरनजिक बस्न पनि नसकिने भयौं’, उहाँले भन्नुभयो ।

राउतगाउँमा भूकम्पमा परी एकजना घाइते भएका छन् । राउतगाउँ वरपरकै गाउँहरु भरावन र गैरी क्षेत्रमा पनि घरहरु भत्किएका छन् ।

 

प्रतिक्रिया